असाेज १७ साेमबार, काठमाण्डाै । निर्वाचनका लागि सामानुपातिकतर्फको बन्दसूचीमा नाम पेश गरेका २९ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरुले नाम फिर्ता लिन सोमबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलहरूका तर्फबाट उमेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । आज सूचीबाट २९ जनाले आफ्नाे नाम फिर्ता लिएका छन् । उनका अनुसार नाम फिर्ता लिनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका नेता छन् भने अन्यमा नाम फिर्ता लिनेमा जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, पुनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका छन् । साथै सबै पार्टीका तर्फबाट गरी प्रतिनिधिसभातर्फ नौ, प्रदेश–१ मा ६, मधेस प्रदेशमा दुई, वाग्मतीमा १०, गण्डकी प्रदेशमा एक र लुम्बिनी प्रदेशमा एकजनाले नाम फिर्ता लिएका उपन्यायाधिवक्ता वाग्लेले जानकारी दिए । निर्वाचन आयोगले बन्दसूचीमा सूचीकृत उमेदवारहरुलाई आफ्नो नाम फिर्ता लिन मन भएमा सोमबार मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको थियो ।

Leave a comment