भाद्र २२ बुधबार, काठमाण्डाै । देशका अधिकांश जिल्लामा काेराेना सँगै डेगूँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज बसेको मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. सन्जय कुमार ठाकुरले कोरोना सङ्क्रमणका साथै हाल देशका अधिकांश जिल्लामा डेगूँ संक्रमण देखिनुका साथै काठमाण्डाै उपत्यका लगायत केही जिल्लामा डेगूँ संक्रमण प्रकोपको रुपमा बढ्दै गएको बताउनुभयो । एडीस प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने डेगूँ दिनको घाम उदाएको २ घण्टा पछि र घाम अस्ताउनु २ घण्टा अघिको समयसम्म सक्रिय रहने भएकोले लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ६ हजार २ सय ७ जनालाई डेगूँ संक्रमण भइसकेको छ । कुल ३ हजार ८ सय ३६ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ ।आज संक्रमित ७८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Leave a comment