भाद्र १९ शनिबार, काठमाण्डाै। पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत नेपाल विधुत प्राधिकरणले भरतपुरकाे बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरेका थिए। भरतपुर महानगर कार्यालयको अगाडि पूर्व-पश्चिम राजमार्गको छेउमा गैंची चलाएर आयोजनाको आरम्भ गरेका थिए। नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विधुत लाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरण र थप गरिनेछ। साथै आयोजनाले अप्टिकल फाइवर केवल बिछ्याउने तथा वितरण प्रणाली स्वचालन गरिने पनि बताए। यो आयोजनाको पहिलो चरणको कामका लागि करिब ३ अर्व बजेट खर्च हुने प्राधिकरणले जनाएको छ।
Leave a comment