नागरिकता विधेयक संविधान अनुसार रहेकाे- वर्षमान पुन

भाद्र १६ बिहिबार, काठमाण्डाै। नेकपा का उपमहासचिव वर्षमान पुनले नागरिकता विधेयक संविधान अनुसार नै रहेकाे छ बताएका छन् । उनका अनुसार विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। पुनले शीतल निवासमा बुधबार राष्ट्रपतिसँग भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरूले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको बताए। उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषलाई बराबरी गर्न संविधान संशोधन गर्नुपर्ने बताए। संविधानमै नेपाली पुरूषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भए पनि महिलाले विदेशी पुरूष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा मौन रहेको उल्लेख गरे। हाल बाहिर सर्वत्र भएकाे सार्वजनिक बहस र राष्ट्रपतिले उठाएको सवाल सही भए पनि संविधान संशोधन नगरि संभव नभएकाे बताए।

पुनका अनुसार हाल वैवाहिक अंगीकृतको विषयमा अनावश्यक विवाद खडा गरिएको छ। २००९ सालदेखि हालसम्म वैवाहिक अंगीकृत नागरिकताबारे एउटै व्यवस्था रहेको छ। जब सरकारले नागरिकता विधेयक संघीय संसदमा प्रस्तुत गर्ने क्रममै राष्ट्रिय सहमति कायम गरेर अर्को विधेयक ल्याउने प्रतिबद्धता गरेकाले त्यसमा शंका गरिरहनुनपर्ने अवस्था रहेको बताए।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.