काठमाण्डौका सडकमा दुइ महिनाकाे फोहोर

श्रावण २१ शनिबार, काठमाण्डाै । काठमाण्डाैको सडकमा दुई महिनादेखि फोहर उठाउन नआउँदा याँहाका जनताहरुलाइ सडकमा हिड्न अप्ठेराे, गन्हाउने र आवतजावत गर्नसमेत समस्या भएको छ। काठमाण्डाै महानगरपालिकाले बाटो मर्मतको कारण देखाउँदै फाेहर व्यवस्थापन गर्न नसकेकाे जनाएकाे छ । सिसडोलबाट बञ्चरे डाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहर व्यवस्थापन हुन नसकेकाेले काठमाण्डाैको मुख्य चोकमा फोहर थुप्रिन थालेको हाे । काठमाण्डाै महानगर पालिकाले यही साउन ४ गते सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम हुँदै गरेकाेले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। खास गरि काठमाण्डाैका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वर लगायतका स्थानकाे सडकमा लामो समय देखिको फोहरको थुप्रो हुँदा धेरै समस्याहरु आएको छ।

त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौता अनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने भनेका छन्।कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगर पालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.