चक्रवर्ती कलेजले झन्डै ५० प्रतिशत शुल्क बृद्धि बिधार्थीकाे बिराेध

श्रावण १७ मंगलबार, काठ्माण्डाै । काठमाडौंको बानेश्वरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ लले नयाँ शैक्षिक सत्र २०७९ देखिकाे शुल्क वृद्धि गरेका छन् । यसकारण विद्यार्थीहरूले याे गलत भएकाे भन्दै विरोध गरेका छन्। कलेजले यसै शैक्षिक सत्रदेखि लागू हुने गरि साढे तीन लाखभन्दा बढी शुल्क वृद्धि गरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूका अनुसार वृद्धि गरिएको शुल्क कानून सम्मत नरहेको र कानून सम्मत तवरले मात्रै शुल्क लिन कलेजलाई आग्रह गरेका छन् । चक्रवर्ती कलेजमा बिए एलएलबी र एलएलएमको पढाइ हुन्छ। कलेजले दुवैको शुल्क बढाएको छ । पहिले कलेजले बिए एल एल बीका लागि सात लाख १६ हजार चार सय शुल्क लिएकाे थियो । तर अहिले नयाँ भर्ना २०७९ साल ब्याचमा बढाएर १० लाख ७० हजार पुर्याएको छ। एलएलएमको पहिले तीन लाख २३ हजार शुल्क रहेकोमा अहिले पाँच लाख ४८ हजार पुर्याएको छ।

कलेजले शुल्क वृद्धि गरेपछि विद्यार्थीले गत साउन ८ देखि आन्दोलन गरिरहेका छन्। शुल्क घटाउन कलेज प्रशासन तयार नभएको विरोधमा विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका थिए। तर कलेज प्रमुख देवेन्द्र भण्डारीले साउन ९ मा आन्दोलनरत विद्यार्थीसँग छलफलविनै ताला खोलेर पठनपाठन सुरू गरेको बताएकाछन्। कलेज प्रमुख भण्डारीले सुरक्षा गार्ड र बाउन्सरहरू लगाएर विद्यार्थीहरू माथि हातपात गर्न लगाएको छ। शान्तिपूर्ण आन्दोलनमा रहेकाे विद्यार्थी माथि कलेजले हस्तक्षेप गरि श्रावण ९ मा विद्यार्थी, कलेजका सुरक्षा गार्ड तथा प्रहरीबीच झडप पनि भएको थियो। जसमा एक जनाको विद्यार्थीको हाँत र अर्का एक विद्यार्थीको खुट्टा भाँचिएको छ,र हाल अस्पताल भर्ना गरिएको छ। यस विषयमा विद्यार्थीहरूले मानव अधिकार आयोगमा समेत निवेदन दिएका छन्।

चक्रवर्ती कलेजका प्रमुख देवेन्द्र भण्डारीले शुल्क वृद्धि नगरिएको दाबीका साथै शुल्क समायोजना मात्र गरेको बताएका छन्। उनका अनुसार पहिले विभिन्न विधामा शुल्क लिने गरेका थियौं। अहिले समायोजन गर्दा विभिन्न विधाको शुल्क तलमाथि मात्र भएको हो। समग्रमा शुल्क पहिलेको जति नै छ। अझ अरू कलेजभन्दा आफूहरूको कलेजमा कम शुल्क भएको दाबी गरे। कलेजका सामान तोडफोड भएपछि प्रहरी बोलाइएकोले साउन ९ मा झडप भएको स्विकारे । कलेजका सुरक्षा गार्ड र विद्यार्थी घाइते भएको बताए। उनले विद्यार्थीहरू प्रशासनिक कुरामा नअल्झिएर पढाइमा लाग्नु पर्ने बताए। विद्यार्थीहरूले पढाइ नहुँदा मात्र पढाइ रोकियो भनेर विरोध गर्न मिल्ने उनको भनाइ छ। अहिले कलेजले सूचना जारी गर्दै कलेज अनिश्चितकालका लागि बन्द भएको बताएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.