उपसचिव प्रमाेद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ

श्रावण १७ मंगलबार, काठ्माण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख खुस रकम र स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ गरी साढे २२ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि लाइसेन्स उपलब्ध गराइदिने भनि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाकाे आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको मनकामना मार्गस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँ बरामद गरि जम्मा साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका हुन् ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.