जनकपुर चुरोट कारखाना सन्चालनकाे तयारीमा

श्रावण ११ बुधबार,काठमाण्डाै । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुुसार जनकपुर चुरोट कारखानालाई अब सरकारले नै सन्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । उनका अनुुसार लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षण गर्ने , कारखानाका मेसिनहरूको अध्ययन गर्ने, उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताएका छन् । देशमा रहेका पुराना उद्योगहरू पूर्ण क्षमतामा चलाउने , नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई विभिन्न सहुलियत दिएर आकर्षित गर्ने र सरकारको स्वामित्वमा रहेकाे उद्योगहरु निजी क्षेत्रसँग सहकार्य गरेर सन्चालनमा ल्याउने बताएका छन् । देशकाे आयातमा अन्य राष्ट्रसँगकाे परनिर्भरता हटाइ उत्पादन बढाउनको लागि याहा भएका उद्योगहरूको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र बन्द उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताएका छन् ।

मन्त्री बडूका अनुसार सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो उद्योग, गोरखकाली रबर उद्योग हाल बन्द रहेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सन्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले उद्योग चलाउनको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर चलाउनु पर्छ । साथै निजी क्षेत्रलाई सहुलियत दिएर हाेस वा लिजमा दिएर सरकारले राजश्व संकलन, वेराेजगारी नियन्त्रण र देशकाे विकाश कार्य गर्न सहयाेग मिल्ने बताए ।

अहिलको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी छ । हामी धेरै आयातमुखी भएका छौं । मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिन्छ। उत्पादित बस्तु तथा सेवा निर्यात गर्नसक्छ, त्यस्ता उद्योग बढाउन सक्छ । सरकारले निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति ल्याएकाे बताएको छ । मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरूरी रहेको बताए । सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएको समेत बताए । त्यसतै मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सन्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताएका छन् ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.