श्रावण ८ आइतबार, काठमाण्डाै । अशोक खड्काले विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसैले अशोक खड्का बुल्गेरियाको सोफिया प्रस्थान गर्दै छन् । प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा श्रावण १२ देखि १५ गतेसम्म हुनेछ । श्रावण १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि हुनेछ । कोर्समा पनि अशोक सहभागी हुने छन् ।

अशोक खड्काकाे अनुसार निर्णायकका लागि विश्व तेक्वान्दोले नै उनलाई छनोट गरेको जानकारी दिए । उनका अनुसार दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् । बैशाख एता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रम बीच बिदाइ गरेका थिए ।
Leave a comment