मानव वेचबिखन तथा ह‌ि‌ंसा पिडित/ प्रभावितकाे न्यायमा सहज पहुँच सम्बन्धि एक दिने कार्यशाला

अषाढ ३०, बुधबार काठमाण्डाै । महान्याधिवक्ताकाे कार्यलय र शक्ति समुहकाे आयाेजनामा ”मानव वेचबिखन तथा ह‌ि‌ंसा पिडित/ प्रभावितकाे न्यायमा सहज पहुँच” सम्बन्धि एक दिने कार्यशाला सम्पन्न गरिएकाे थियाे । उक्त कार्यक्रमकाे अध्यक्षता चरीमाया तामाङ्ले गर्नुभएकाे थियाे । यस कार्यक्रमकाेे मुख्य अथितिकाे रुपमा महान्यायधिवक्ता खम्ब बहादुर खाति रहनु भएकाे थियाे । अन्य अथितिहरुमा नायव महान्यायधिवक्ताहरु विश्वराज काेइराला र कृष्ण जि‍.वि घिमिरे, साहायक न्यायधिवक्ताहरु गाेपाल प्रसाद रिजाल र लाेकराज पराजुली,न्यायधिवक्ताहरु, अधिवक्ताहरु,शक्ति समुहका सदस्यहरु तथा हिंसा पिडित र तिनिहरुकाे परिवारका सदस्यहरु रहेका थिए ।

कार्यक्रममा अध्यक्ष तामाङ्ले मानवबेचविखनमा परेका पिडितहरुकाे समस्या र तिनिहरुकाे न्यायमा सहज पहुँच नरहेकाे अवस्था बारे उजागर गराउनुभयाे । आफु र आफ्नाे संस्थाले यसमा निरन्तर रुपमा पिडित र तिनिहरुकाे हक हितकाे लागि कार्य गर्दै आएकाे र गर्दैजाने, तर हिंसा पिडितलाई न्यायमा सहज पहुँचकाे लागी यस सँग संबन्धित सराेकारवालाहरुलाई ध्यानाकर्षण गर्न जरुरी रहेकाे जानकारी गराउनु भयाे । यस्तै यस कार्यक्रमका मुख्य अथितिकाे रुपमा रहनुभएकाे महान्यायधिवक्ता ज्यू बाट पनि याे विषय गहन रहेकाे र हाल यसमा विभिन्न कार्यहरु सम्पादन गर्दै गरेकाे र पिडितकाे लागि न्यायमा सहज पहुँचकाे लागि ध्यानाकर्षण गरेकाे बताउनुभयाे । यस्तै शक्ति समुहबाट रिना वि.के ले जतिनै आजकाे युग विकास भएकाे भनिएपनि छाेरी चेलीहरु आजपनि आफ्नै परिवार, आफन्त र चिनेजानेकाबाट केहि आर्थिक प्रलाेभनमा परेर किनबेच भईरहेकाे जानकारी दिनुभयाे । संस‍्थाबाट हिंसा पिडितहरुलाई न्यायमा सहजता पुर्याउनकाे लागी धेरै कार्यहरु गर्दै गरेकाे तर कति कानूनी कठिनाईले गर्दा सहज रुपमा कार्यान्वयन गर्न असमर्थ रहेकाे जानकारी दिनुभयाे । उनका अनुसार सन् २०१८ मा विभिन्न अप्र‍ेसनहरु गरि १७ महिलाहरुलाई विदेशी मुलुक भारतमा उद्धार गरे पनि स्वदेश फिर्ता गर्न कानूनी प्रक्रिया नमिलेर ३ जनालाई मात्र नेपाल फर्काउन सफल रहेकाे र १४ जनालाई अझै नसकेकाे कुरा व्यक्त गर्नुभयाे । त्यसतै हिंसा पिडितहरुले पनि आफुलाई बेच्ने दलालीहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्ने , तिनिहरुले अझपनि फाेन गरि तर्साउने धम्काउने गरेकाे जसले गर्दा सहज वातावरणमा बाच्न गार्हाे भएकाे बताउनुभयाे । न्यायमा पनि सहजता नभएकाे जसले गर्दा धेरै समस्याहरु काे सामना गर्नुपरेकाे साथै सरकारले पिडितलाई क्षतिपुर्तीकाे व्यवस्था गरेकाे छ तर त्याे वापत पाउनुपर्ने केही पनि पिडितले हाल सम्म प्राप्त नगरेकाे गुनासाे पाेखेका थिए । सरल र शान्त वातावरणमा बाच्नकाे लागि सहयाेग गर्न गुहार मागेका थिए ।

उक्त कार्यक्रम काठमाण्डाै स्थित हयात रेजिनेन्सीमा सम्पन्न भएकाे थियाे । यस कार्यक्रम सन्चालन गर्न सहयाेगी हातकाे रुपमा फ्रि अ गर्ल र एक्टप्याक्ट लग्जम्वर्गले आर्थिक रुपमा सहयाेग गरेकाे थियाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.