सर्वाेच्च अदालतमा भिडियाे कन्फरेन्सिङ मार्फत बहस पैरबी

जेष्ठ १०,काठमाण्डाै । सर्वाेच्च अदालतकाे मिति २०७८।०१।३१ गते बसेकाे पुर्ण बैठकले भिडियाे कन्फरेन्सिङ मार्फत बहस पैरबी गराउने भए अनुसार मिति २०७८।०२।०४ गते देखि सुरुवात गरिएकाे छ ।

सर्वच्च अदालतकाे मिति २०७८।०२।०४ गते प्रेस विज्ञप्ती अनुसार न्यायपालिकाकाे चाैथाे पन्चवर्षिय रणनीतिक याेजनाकाे लक्ष्य १ रणनीतिक उद्धेश्य १.२ मुद्दा ब्यवस्थापन पद्धतिमा सुधार गर्नु अन्तर्गत अदालतहरुमा भिडियाे कन्फरेन्सिङबाट बहस सन्चालन गर्न सम्भाब्यता अध्ययन गरि लागु गर्ने भन्ने ब्यवस्था रहे अनुसार र सर्वच्च अदालतकाे पुर्ण बैठकले हाल विश्वब्यापी रुपमा फैलिरहेकाे काेरोना भाइरस काेभिड १९ र त्यसकाे नयाँ भेरियन्टकाे संक्रमण तिब्र रुपमा फैलिरहेकाे अवस्थामा स्वास्थ सुरक्षालाई ध्यानमा राखी यसकाे सुरुवात गरिएकाे छ ।

आगामी दिनहरुमा थप ईजलासहरुमा पनि भिडियाे कन्फरेन्सिङबाट बहस सन्चालन गराउने उद्देश्य रहेकाे जानकारी गराउनु भयाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.