असोज १,काठमाण्डाै । आज सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठक सम्पन्न भयो । माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा याे बैठक सम्पन्न गरियाे। उक्त बैठकमा उदघाटन मन्तव्य दिनुहुदै माननीय परराष्ट्र मन्त्रीले कोभिड-१९ को कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको बताउनु भयाे । यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राख्नु भयो। नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्नुहुँदै वहाँले कोभिड-१९को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको र वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने धारणा व्यक्त गर्नुभयो। यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुर्न्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उक्त बैठकमा सार्कका महासचिव श्री इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष श्री शिसिन चेनले उदघाटन मन्तव्य राख्नु भएको थियो भने “कोभिड १९ र दक्षिण एशियाली अर्थतन्त्र” विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री श्री यासायुक्ती सावादाले प्रस्तुति दिनु भएको थियो। उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधी मण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
सम्माननीय प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनीधि मण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गर्नु भएको हो । एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो।
Leave a comment