असोज २,काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार शुक्रबार देशभर २ हजार बढी कोरोना भाइरस संक्रमित थपिएका छन् जुन हालसम्मकै उच्च संख्या हाे । एकै दिन २ हजार बढी संक्रमित थपिएकाे पहिलाे पटक हाे। पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।अाजकाे दिन मृतक थप ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ३ सय ९० जनामा कोरोना देखिएको छ।
Category: समसमायिक
-
दिगो ‘इ८’ विधुतीय कारको बुकिङ सुरु
असोज २,काठमाण्डाै । नेपालमा सिटी कार दिगो इ८ को बुकिङ सुरु भएको छ । दिगोका सिइओ हेमन्त पुरानिक अनुसार दिगो इ८ मा आधुनिक र ताजा डिजाइन छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्नेछ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार हो ।
दिगो इ८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ । यसका ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसमा स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसन जसले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । यसमा न त गेयर बदलिरहनुपर्ने झन्झट छ न कम गतिमा कार अड्किने सम्भावना नै छ । पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गेयर लिभरले इ८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रेयर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट) लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ । साथै चेप्टो स्टेरिङ ह्विल र आरामदायी लेगरुम,हेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । यसमा कुशलतापूर्वक डिजाइन गरिएको १८ स्टोरेज स्पेस ,पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम छ। समग्रमा यसको भित्री भागमा महँगा प्रतिस्पर्धी गाडीमा रहेका सबै फिचरहरु समेटेको छ ।
इ८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् । शानदार डुअल–टोन डाइमन्ड कल अलो ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ । अग्लो ढक्कन (बोन्नेट) ले इ८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्दछ । इ८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि मजबुत बम्पर र एलइडी टेललाइट छन् ।
दिगो इ८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । यसमा थ्री फेज एसिंक्रोनस मोटर छ जसले प्रभावशाली १८० एनएम टर्क र उच्चतम १५किलोवाट पावर उत्पादन गर्छ । यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ जसलाई जहाँ पनि सजिलै चार्ज गर्न सकिन्छ । दिगो इ८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ ।दिगो इ८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ । सामान्य ड्राइभिङ कन्डिसनमा दिगो इ८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा८ मात्रै बिजुली खर्च हुन्छ । यसरी याे नेपालकाे लागी बनेकाे उपयुक्त कार हाे ।
-
सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं बैठक सम्पन्न
असोज १,काठमाण्डाै । आज सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठक सम्पन्न भयो । माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा याे बैठक सम्पन्न गरियाे। उक्त बैठकमा उदघाटन मन्तव्य दिनुहुदै माननीय परराष्ट्र मन्त्रीले कोभिड-१९ को कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको बताउनु भयाे । यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राख्नु भयो। नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्नुहुँदै वहाँले कोभिड-१९को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको र वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने धारणा व्यक्त गर्नुभयो। यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुर्न्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उक्त बैठकमा सार्कका महासचिव श्री इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष श्री शिसिन चेनले उदघाटन मन्तव्य राख्नु भएको थियो भने “कोभिड १९ र दक्षिण एशियाली अर्थतन्त्र” विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री श्री यासायुक्ती सावादाले प्रस्तुति दिनु भएको थियो। उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधी मण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
सम्माननीय प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनीधि मण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गर्नु भएको हो । एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो। -
हालसम्मकै उच्च संख्यामा संक्रमित थपियाे
भाद्र ३१, काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरण अनुसार बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् जुन हालसम्मकै उच्च संख्या हाे । देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ , संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ र मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । साथै उपत्यकामा, काठमाण्डौमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जुनकुरा बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
-
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९२२,५२५ पुग्याे
भाद्र २९, काठमाण्डाै । कोरोना भाइरसका कारण विश्वभरी मृत्यु हुनेको संख्या ९२२,५२५ पुगेकाे छ । विश्वभर कोरोना भाइरस संक्रमित काे संख्या २८,८९२,८१० पुगेकाे छ भने निकाे हुनेकाे संख्या १९,५३९,३५८ रहेकाे छ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४५, संक्रमित काे संख्या ५४,१५९ र निकाे हुनेकाे संख्या ३८,६९७ रहेकाे छ ।
-
महामारीमा कैदीबन्दीको सजायमा छुट दिन सर्वाेच्चकाे निर्देशनात्मक आदेश जारी
भाद्र २५, काठमाण्डाै । कोभिड १९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुटकोलागी विशेष निर्णय लिन सरकारका नाममा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । गत साउन १९ गते न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गरेको आदेशको पूर्णपाठ आज सार्वजनिक गरिएको छ ।
जसमा कारागारको भीडभाड कम गर्न नाजुक अवस्थाका बालबालिका, गर्भवती, दुध खुवाइरहेका महिला तथा जटिल स्वास्थ्य समस्याका कैदीलाई प्राथमिकताका आधारमा छुटको निर्णय गर्न भनिएको छ । “कैदीबन्दीको अवस्थाको अत्यन्त सतर्कतापूर्वक पहिचान गरी निजहरुको स्वास्थ्यमा हुने जोखिमतासँग कसूरको प्रकृती र सार्वजनिक सुरक्षासमेतलाई ध्यानमा राखी दुवैबीच सन्तुलन कायम गरी संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरी अहिले महामारी रोकथामको लागि नेपाल सरकारबाट आदेश तथा निर्णयहरु भैरहेको सन्दर्भ छ”, पूर्णपाठमा भनिएको छ, “तत्काल छोड्ने वा सजाय कम वा छुट गर्ने वा अन्य कुनै उपयुक्त विशेष निर्णय लिनको लागि निर्देशनात्मक आदेशसमेत जारी गरिएको छ, प्रस्तुत रिट निवेदनमा भएका आदेशको कार्यान्वयनको स्थिति देखिने प्रतिवेदन दुई महिनाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतको अनुगमन तथा निरीक्षण महाशाखामा पठाउनू।”
आदेशमा भनिएको छ, “संविधान र ऐनले गरेको व्यवस्थालाई निस्प्रवाही तुल्याउने छुट कसैलाई नहुने हुँदा यो महामारीमा उमेर, शारीरिक अवस्था, स्वास्थ्यको अवस्था आदिको कारण अत्यन्त जोखिमका ज्येष्ठ नागरिक कैदीको हकमा कैद छुटको सुविधा दिनुपर्छ । सर्वाेच्च अदालतले याे आदेश केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाणडाै थुनामा रहेका गोपाल शिवाकोटी (चिन्तन) समेतले दायर गरेको रिट निवेदन माथिको सुनुवाई पछि जारी गरेको हाे ।
-
स्वास्थ्यकर्मीहरु माथि धम्की तथा अमानवीय व्यवहार नगर्न आग्रह
भाद्र ८, काठमाण्डाै । मानव अधिकार आयोगद्वारा देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण गर्दै सहयाेग गर्न आग्रह गरेकाे छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाण्डाै उपत्यका लगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन भइरहेको छ । सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुर्व्यवहार गरेको पाइएको छ । जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष हो ।
अतः कानुनको दायराभन्दा माथि गई गरिने यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गरेकाे छ । साथै, हालको जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोग नेपाल सरकारलाई आग्रह गरेकाे छ ।
-
नेपाल पत्रकार महासंघद्वारा सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह
भाद्र ८, काठमाण्डाै । नेपाल पत्रकार महासंघद्वारा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेकाे छ । कोभिड – १९ को संक्रमण पछिल्ला दिनहरुमा नेपालमा पनि तीब्र गतिमा फैलिदै गइरहेको छ । संक्रमणको दर वृद्धि भएसंगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको छ । हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् ।
महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेकाे छ। हालकाे यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम सञ्चारकर्मिहरुमा अपिल गरेकाे छ । सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघ आग्रह गरेकाे छ।
-
विश्वभरि कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ८ हजार नाघ्याे
भाद्र ७, काठमाण्डाै । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार आइतबार बिहानसम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ८ हजार ६ सय ९७ पुगेको छ भने संक्रमितको संख्या २ करोड ३३ लाख ८० हजार ५ सय ६९ पुगेको छ । विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ५९ लाख ६ हजार ४ सय ७९ जना उपचारपछि निको भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरमा मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोनाको संक्रमणबाट अमेरिका, ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु बढी प्रभावित भएका छन् ।
-
काठमाण्डौका सडकहरू फेरि सुनसान
भदौ १, काठमाण्डाै । काठमाण्डौका सडकहरू फेरि सुनसान हुन थालेका छन । काठमाण्डाैमा कोरोना भाइरसको संक्रमण धरै बढेको छ । एक दिनमा कम्तीमा पनि सय जनाकाे दरले नयाँ संक्रमित काठमाण्डौ उपत्यकामा थपिरहेका छन् ।
संक्रमण बढ्दै जाँदा लकडाउननै नभए पनि विभिन्न प्रतिबन्धहरु थप गरिएकाे छ। संक्रमण देखिएको स्थानलाई शिल गर्ने देखि यसअघि खुकुलो बनाइएका सेवाहरुमा समेत कडाइ शुरु गरिएको छ । जिल्ला प्रशासनले भीडभाडलाई कम गर्न प्रतिबन्धका नियम कडाइ साथ लागू गर्न थालेकाे छ। जसले गर्दा मानिसहरु अनावश्यक रुपमा घर बाहिर निस्कन छाडेकाे छ। काठमाण्डौकाे सडकहरु केही दिन अघिसम्म भरिभराउ हुन्ठे भने हाल सुनसान देखिन थालेकाे छ।
-
विश्वभर कोरोना भाइरसबाट ७ लाख ७३ हजार बढिको मृत्यु
भदौं १,काठमाडौं । विश्वभरी कोरोना भाइरसबाट ७ लाख ७३ हजार बढिको मृत्यु भएकाे छ । एकै दिन थप ४ हजार ५२५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७३ हजार ३२ पुगेको हाे । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या भने २ करोड १८ लाख नाघेको छ ।
संक्रमित मध्ये १ करोड ४५ लाख ५८ हजार ३२८ जना संक्रमण मुक्त भएका छन् , निको हुनेको यो संख्या ६६।७० प्रतिशत हो । यस्तै ६४ लाख सक्रिय संक्रमितमध्ये ६४ हजार संक्रमितको अवस्था गम्भीर रहेको वल्डोमिर्टसले जनाएको छ ।
-
हिड्दा मास्क लगाउनु पर्ने नत्र कार्बाहीमा परिने -गृह मन्त्रालय
साउन ११ ,काठमाण्डौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई मास्क नलगाई हिड्नेलाई कार्बाही गर्न निर्देशन गरेको छ । गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार मास्क नलगाई हिड्दा कोभिड महामारीको जोखिम अझ बढ्ने भएकाले जिल्ला प्रशासनहरुलाई निर्देशन गरिएको बताए । हाल जोखिम बढेको छ, तर मास्क नलगाई हिड्नेहरु बदी देखिएकाले गृह मन्त्रालयले मास्क नलगाई हिड्नेलाई संक्रामक रोग ऐन अनुसार कार्बाही गरिनेछ।
यसअगाडि पनि मास्क नलगाई हिड्नेलाई कार्बाही गर्न गृह मन्त्रालयले पत्राचार गरेको थियो । हाल लकदाउन अन्त्य गरिए पछि महामारीको जोखिम अझ बढ्ने भएकाले मास्क अनिवार्य गराउन निर्देशन दिइएको हाे।
-
साउन ७ देखि लकडाउन सकियो, केही क्षेत्र अझै नखुल्ने
साउन ७,काठमाडौं । आज साउन ७ बाट लकडाउन सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ५ गते लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियाे । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते देखि लकडाउन जारी भएको थियाे। लकडाउन अन्त्य भएसँगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य भएकाेछ भने कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन्।
यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।
साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रेकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न पाइने छैन। विद्यालय तथा कलेजमा हुने नियमित पठन–पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमाहल, जीम हल, सैलुन, पुस्तकालय, धार्मिक स्थल लगायतका क्षेत्रहरू पनि बन्द नै रहनेछन्। संक्रमण बढे खुला गरिएका क्षेत्र पुनः बन्द गर्न सक्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
-
नेपाली काँग्रेसद्बारा साग स्वर्ण विजेतालाई सम्मान गरिने
साउन ६,काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागद्बारा नगद सहित सम्मान गरिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको साउन ५ गते बसेको बैठकको पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराए । तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए । एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्ण विजेतालाई १५ हजार र चार स्वर्ण विजेतालाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो ।
त्यस्तै टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा गरी यथाशीघ्र टोकियो ओलम्पिक लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीको प्रशिक्षण उच्च सतर्कताका साथ प्रशिक्षण सुरु गर्न सरकारसंग अनुरोध गर्ने, नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा वर्षेनी राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने, नेपाली कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट जोगाउन सहयोग पुग्ने कार्यहरु गर्न गराउन परिचालन गर्ने, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ ।विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका आफ्ना स्वर्गीय नेता र शहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ । पत्रकार सम्मेलनमा विभागका उप–प्रमुख मोहनकुमार राई, सचिव मीनकृष्ण महर्जनलगायतका पदाधिकारीहरुको उपस्थिति रहेकाे थियो ।
-
‘रेडियोधर्मी पदार्थको उपयोग नियमन सम्बन्धी विधेयक, २०७६’ स्वीकृत
१४ जेठ,काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको ‘रेडियोधर्मी पदार्थको उपयोग नियमनसम्बन्धी विधेयक, २०७६’ स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले सो विधेयकको संशोधन माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो । यसअघि संशोधन माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पोखरेलले विकीरण बाट उत्पन्न जोखिम न्यूनीकरण गर्न अति जरुरी भएको र पारामाणिक पदार्थको नियमन तथा रेडियोधर्मी पदार्थको सुरक्षा, अनुसन्धान र नियमनका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत ध्यान दिएर विधेयक ल्याइएको बताउनुभयो । संशोधन माथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले सो विधेयक गम्भीर महत्वको भएकाले विस्तृत छलफलपछि मात्रै पास गर्न आग्रह गर्नुभयो ।
सांसद दिव्यमणि राजभण्डारीले कोरोना जोखिममा विश्व परिरहेको सन्दर्भमा हाल यस्ता विधेयक प्राथमिकतामा नपर्ने बताउनुभयो । दुई प्रतिवेदन पेश बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुभएको थियो । प्रतिवेदन पेश गर्दै सभापति पोखरेलले जनतालाई शक्तिको स्रोत मान्ने प्रकारको शासकीय स्वरुप हुनुपर्ने सुझाव दिनुभयो । उहाँले समितिले दिएका सुझाव र निर्देशनले समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गर्नुभयो ।
-
कोरोनासँग डराएर, ढोका थुनेर वा लुकेर मात्र नहुने मुख्य मन्त्री पौडेल
१४ जेठ,हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यस विरुद्ध जुध्ने र सामना गरेर अगाडि बढ्ने नीति लिइने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिदै कोरोना विरुद्धको लडाइमा अन्य प्रदेशको तुलनामा यो प्रदेशमा धेरै काम भएको बताउनुभयो । हाल सम्म प्राप्त कोरोना सङ्क्रमितको विवरण अनुसार वाग्मती प्रदेशमा कम सङ्क्रमित पाइएको भन्दै उहाँले बढी जनसङ्ख्या तथा सङ्घीय राजधानी समेत यही प्रदेशमा हुँदाहुँदै पनि सङ्क्रमितको सङ्ख्या कम हुनुमा सरकारको सक्रियता र क्रियाशीलता मुख्य कारक भएको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले कोरोनाको कहर कम गर्न प्रदेश सरकारले स्थानीय तहमार्फत रु ३० करोड खर्च गरिसकेको र आवश्यक भए अन्य रकम पठाउन सकिने बताउँदै रकम आवश्यक हुने स्थानीय तहले केका लागि र कति रकम चाहिएको हो भन्ने स्पष्ट योजना ल्याएमा प्रदेश सरकारले रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेशमा उज्यालो ल्याउने दाबी गर्नुभयो । “नीति तथा कार्यक्रममा एउटा पनि बुँदा त्यस्तो छैन, जसले कसैको मन नछोओस्”, उहाँले भन्नुभयो । प्रदेशसभा सदस्यले उठाएका पिसीआर परीक्षणको दायरा बढाउनुप¥यो भन्ने सुझावमा पौडेलले प्रदेशमा प्रतिसङ्क्रमित २२५ का दरले पिसीआर परीक्षण भइरहेको तथा चिकित्सकलाई शङ्का लागेका वा सङ्क्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ (सङ्क्रमितसँगको सम्पर्कमा रहेकाहरुको खोजी) का आधारमा आवश्यक सबैको परीक्षण भइरहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री पौडेलले विकास निर्माण र मर्मत सम्भारका लागि द्रुत कार्य गर्न आवश्यक साधन सहितको कम्पनी आवश्यक परेको हुँदा सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । सभामा १५ जना प्रदेशसभा सदस्यले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका पक्ष र विपक्षमा आआफ्नो धारणा राख्नुभएको थियो । त्यस्तै प्रदेशसभा सदस्य रमेश पौडेल, निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, राधा घले, जीवन डङ्गोल, रीता माझी, रिना गुरुङ र शोभा शाक्यले विभिन्न सात बुँदामा संशोधनको प्रस्ताव प्रस्तुत गर्नुभएकामा प्रदेशसभाले त्यसलाई बहुमतले अस्वीकृत गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमलाई प्रदेशसभाले बहुमतले पारित गरेको छ ।
-
नेपाल एयरलाइन्स ले जापानको फुकुओका शहरमा चार्टर्ड उडान गर्ने
१३ जेठ, काठमाण्डौ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज राति जापानको फुकुओका शहरमा पहिलो पटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौँ उडान हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर भोलि दिउँसो १ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । काठमाडौँ–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको , यो उडानमा २६० हाराहारी यात्रु रहेको जानकारी गराएका छन् । नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो ।
-
शहीद कृष्ण सेन इच्छुकको १८औँ स्मृति दिवस
१३ जेठ,कास्की। आज पोखरामा पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन (इच्छुक)लाई स्मरण गरि पे्रस सङ्गठन नेपाल कास्कीले इच्छुकको १८औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी शहीद इच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकले जहिले पनि जनपक्षीय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले शहीद इच्छुकले जनपक्षीय पत्रकारितामार्फत राजनीतिक तथा सामाजिक परिर्वतनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै सञ्चारकर्मीले उहाँको आदर्श र व्यक्तित्वको जहिले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । राजनीतिक परिर्वतन भएर सङ्घीयता कार्यान्वयनको अहिलेको अवस्थामा समेत जनपक्षीय पत्रकारिताको खाँचो रहेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले सेनका लेख तथा विचारहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै शहीदले देखेका सपनाहरु पूरा गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य दिलीपविक्रम शाही, सङ्गठनका जिल्ला संयोजक माधव बराल, सहसंयोजक सन्देश श्रेष्ठ लगायतले सेनको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । इच्छुक स्मृति दिवसमा प्रेस सङ्गठनले हरेक वर्ष वितरण गर्दै आएको थमन–महेष स्मृति पत्रकारिता पुरस्कार यस वर्ष कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाले वितरण गर्न नसकिएकाले छिट्टै वितरण गरिने संयोजक बरालले जानकारी दिनुभयो । सो पुरस्कारका लागि आज प्रतिभा छनोट समिति गठन गरिएको छ । समितिमा अग्रज पत्रकार कोमलनाथ बराल, पुण्य पौडेल, महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल तथा सङ्गठनका संयोजक र सहसंयोजक सदस्य रहनुभएको छ । विसं २०५९ जेठ १३ गते तत्कालीन राज्यसत्ताले इच्छुकलाई नियन्त्रणमा लिएर चरम यातनापछि महेन्द्र पुलिस क्लबको हिरासतमा हत्या गरेको थियो ।
-
निर्माण सामग्री र ढुवानीमा कृत्रिम अभाव गरी अत्यधिक मूल्यवृद्धि
१३ जेठ,काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्री र ढुवानीमा मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गरिएका प्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माणमा खटिएका व्यवसायी कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गर्नु भएको हो । बन्दाबन्दीअघि भन्दा सिमेन्ट प्रति बोरा रु ८० देखि रु १२० र रड प्रति केजी रु १० देखि रु १५ सम्म मूल्यवृद्धि भएको जानकारी महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दीअघिको मुल्यभन्दा डेढ गुणा बढी मुल्यवृद्धि भएको महासङ्घले जनाएको छ । विश्व बजार सहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य हुन नसक्ने महासचिव दाहालले बताउनुभयो ।
कोरोना सङ्क्रमणका कारण काम गर्न समस्या भइरहेको समयमा मुल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा समस्यामा परेको उहाँको भनाइ छ । सिङ्गो मुलुक र विश्व नै कोरोना सङ्क्रमणका कारण आक्रान्त भइरहेको अहिलेको जटिल समयमा हचुवाको भरमा कृत्रिम रुपमा गरिएको मूल्यवृद्धिको कारण विकास निर्माणमा थप लागत बढ्न गई सरकारलाई नै आर्थिक भार पर्न जाने ठहर महासङ्घले गरेको छ । केही व्यक्तिले फाइदा उठाउन गरिएको मूल्यवृद्धिलाई तत्काल नरोके विषम परिस्थितिमा काम नभई ‘ओभरहेड’ खर्च मात्र बढ्ने महासङ्घले जनाएको छ । बन्दाबन्दीको समयमा अति आवश्यक सेवा र कोभिड–१९ सँग सम्बन्धित बाहेकका खरीद प्रक्रियाका बोलपत्र सामान्य अवस्थामा फर्केको सात दिनसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था हालसम्म लागू नभएकाले त्यसका लागि पुनः सम्पूर्ण सार्वजनिक निकायसमक्ष अनुरोध गरेको महासङ्घले जनाएको छ ।
-
कोरोनापछिको आर्थिक अवस्था उकास्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने
१३ जेठ, लुम्बिनी । कोरोना भाइरसका कारण देशमा परेकाे आर्थिक सङ्कटबाट पार पाउन र याहाँका पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र भैरहवा क्षेत्रका उद्यमीबीच भएको ‘कोर्भिड –१९ ले पारेको असर र त्यसपछिको उद्यम’ का विषयमा अनलाइन छलफलमा कृषिमा व्यावसायिकता आवश्यक रहेकाे, किसानका लागि सस्तो र सुलभ ऋण सञ्चालन गर्न जोड दिँदै प्राविधिक खेतीको बीमा जरुरी भएको , आगामी बजेटमा कोरोनाको कारण बाहिरबाट स्वदेश फर्केकाहरुलाई कृषि उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउन लागिएको तथा बाँझा जमीन उपयोग गर्ने र चक्लाबन्दीमा लैजाने कुरामा बजेट केन्द्रित गर्ने तयारी गरिएकोछ भनी छलफलमा मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ पहाडमा ३० प्रतिशत बाँझो जमीन छ, तराईमा पनि ठूलो ठूलो बगरको जमीन छ , ती जमीनमा फलफूल वा मौसमी तरकारी गर्न सकिन्छ ।
मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसतर्फ केन्द्रित गरेर बाँझो जमीन उपयोग गर्नेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले उन्नत बीउ र मल, सिंचाइ र प्रविधिको व्यवस्थापन मिलाएर सहकारीको ढाँचामा कृषिलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । महासङ्घका अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले लकडाउनका कारण खाद्य उद्योग पनि पूर्ण क्षमतामा चल्न नसकेको बताउनुभयो । अनलाइनमार्फत जुम एपमा भएको छलफलमा कोरोनापछिको भरपर्दो उद्यम कृषि नै भएको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरका सल्लाहकार जीवलाल अर्यालले बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले किसानलाई सहयोग हुने गरी ठोस नीतिसहितको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारले तत्काल बीउ र मलखादको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । उद्यमी अरुण गोयन्काले कोरोनापछिको आर्थिक अवस्था उकास्ने कृषि नै भएको तर्क गर्नुभयो । भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष कृष्णप्रसाद घिमिरेले भन्सारबाट निर्बाध रुपमा हरियो तरकारी आयात भइरहेको अवगत गराउनुभयो ।
-
प्रदेश नं १ सरकारद्वारा रु १० करोडको कोष खडा गर्ने निर्णय
विराटनगर, १३ चैत । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ । कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काङ्ग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्रपन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो । अटेर गर्ने प्रहरी नियन्त्रणमाः ४७ जना क्वारेन्टाइनमा भारतबाट नेपाल छिर्ने ४७ नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । यसैगरी कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । यस्तै लकडाउन उल्लङ्घन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबीच लकडाउनमा उपभोक्ताका घरघरमा सामान पुर्याउन स्थानीय गुद्री अनलाइनले माग गरेबमोजिम चारचक्के गाडी एक थान, मोटरसाइकल आठ थान र साइकल तीन थान चलाउनलाई पासको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । अनलाइनमार्फत फलफूल, तरकारी, किराना सामान तथा खाद्य सामग्री पनि बिक्रीवितरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा निवदेन परेबमोजिम जिल्ला प्रशासन कार्यालयमा सिफारिश गरिएको कार्यालय प्रमुख हिमालय बरालले जानकारी दिनुभयो ।
-
पोखरामा लकडाउनको प्रभाव दिनप्रतिदिन प्रभावकारी
पोखरा, १३ चैत । पोखरामा कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् । लकडाउनसँगै मर्निङवाकका विकल्पमा अधिकांशले घर कम्पाउन्ड भित्रै शारीरिक व्यायाम गर्ने अभ्यास बढाए सँगै बाहिर सडकमा निस्कने क्रम रोकिँदै गएको छ । लकडाउनको दोस्रो दिन बुधबार सम्पूर्ण यातायात, बजार तथा आवतजावत पूर्णतः बन्द भएको र अवज्ञा गर्ने थोरै सवारीलाई मात्र नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा बुधबार अधिकांश पसल, व्यवसाय तथा यातायात पूर्णतः बन्द थियो । आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले सचेत बनाउँदै घरमा फिर्ता गरेका थिए । “लकडाउनको पहिलो दिन अवज्ञा गरी हिँड्ने ३७५ सवारी नियन्त्रणमा लिइएकामा दोस्रो दिन १६७ मात्र सवारी साधन नियन्त्रण गरिएको थियो”, रोकाले भन्नुभयो । उहाँका अनुसार अवज्ञा गर्ने अधिकांश सवारी साधनमा मोटरसाइकल र स्कुटर छन् । पोखरामा लकडाउनको पहिलो दिनको तुलनामा दोस्रो दिन सवारी साधनलाई नियन्त्रणमा लिनुपरेको बताउँदै उहाँले सडकमा पैदल निस्कने क्रम पनि दिनप्रतिदिन कम हुँदै गएको बताउनुभयो । लकडाउन प्रभावकारी भइरहेको र प्रत्येक सर्वसाधारणलाई स्वास्थ्यप्रति बेलैमा सचेत बन्दै आगामी दिनमा समेत सरकारको अभियानमा सहयोग गर्न आग्रह गरेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो । लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत्, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरिएको उहाँको भनाइ छ । यस अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारीलगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी गर्ने सवारीलाई सञ्चालन गर्न रोक नलगाइएको प्रशासनले स्पष्ट पारेको छ । पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासका आधारमा सूचना तथा समाचार सङ्कलनका लागि आवाजजावत गर्न पाउने गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले आम मानिसमा डर तथा त्रास सिर्जना गर्ने, आतङ्कित तुल्याउने गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यममा भ्रामक सूचना प्रसारण गरेको भेटिएमा समेत कानूनबमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका लागि प्रदेशमा आवश्यक तयारी गरिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । सर्वसाधारणलाई कोरोना सङ्क्रमणको आशङ्का लागेमा टेलिफोनमार्फत आफ्नो स्वास्थ्य समस्याबारे बुझ्नका लागि सञ्चालित हेलो डक्टर कक्षमा बुधबार पनि ठाउँठाउँबाट २० जनाले सोधेर परामर्श लिएको उहाँले जानकारी दिनुभयो । “मङ्गलबार मात्रै १४ जनाले फोन गरेर परामर्श लिएका थिए”, उहाँले भन्नुभयो, “हालै विदेशबाट आएका व्यक्तिका छिमेकीले समेत व्यक्तिको लक्षणलगायतका विषयमा पनि सोधपुछ गर्ने गरिएको छ ।” आजैदेखि नेपाल टेलिकमसँगको सहकार्यमा हेलो डक्टरकक्ष टोल फ्रि नम्बरसहित सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
-
चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गरे घरधनीलाई कारवाही गरिने
चितवन, १३ चैत । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो । बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उहाँले भन्नुभयो, “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो । बैठकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरङ्ग सेवा र आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० श्ययाको सघन उपचारकक्ष, १० श्ययाको एचडीयु र ५० साधारण श्यया रहेको छ । कार्यदलका प्रवक्ता अधिकारीका अनुसार आवश्यकताअनुसार श्यया थप समेत गर्ने बैठकमा छलफल भएको थियो । कोरोना भाइरसको आशङ्का भई गम्भीर भएका बिरामीलाई जिल्लामा सञ्चालन भइरहेकामध्ये एक अस्पतालको सघन उपचारकक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार गराउनुपर्ने र अस्पताल भरिएपछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी अस्पतालका सघन उपचारकक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाव दिएका थिए । भरतपुर अस्पतालमा रहेको २० श्ययाको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिनुभयो । बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ । कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ । कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्चस्तरका र सर्जिकल मास्क भरतपुर अस्पताल, निजी मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, निजी अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ । भित्र बिरामीसँग हेलमेल हुनेका लागि एन–९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो । बैठकले विभिन्न उपसमिति बनाउन डा अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो ।
-
ओमसतिया गाउँपालिकाद्वारा मास्क, डेटोल, एन्टिसेप्टिक र साबुन वितरण
भैरहवा,१३ चैत । रुपन्देहीमा ओमसतिया गाउँपालिकाले गाउँपालिका भरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । गाउँपालिकाको कार्यालयले जनप्रतिनिधिलाई स्थानीय क्षेत्रमा हुने समस्याको समाधान गर्न पहल गर्न निर्देशन दिनाका साथै लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष हिरा केवटले बताउनुभयो । विश्वलाई त्रसित बनाएको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउन सबैले पालना गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “स्थानीय क्षेत्रमा कुनै समस्या परे प्रहरी वा नजीकका जनप्रतिनिधिलाई खवर गर्न सार्वजनिक सूचना जारी गरिएको छ ,” अध्यक्ष केवटले भन्नुभयो । ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले जनताको घरघरमा पुगी एन्टिसेप्टिक, साबुन र मास्क बितरण गरिरहेका छन्् । गाउँपालिकाका प्रवक्ता शिब धवलले सबै जनतालाई घर बाहिर ननिस्किन अनुरोध गरिएको बताउनुभयो । जिल्लामा अहिले सुरक्षाकर्मीले लकडाउन पालना गराउन स्थानीयवासीलाई सचेतना दिलाउने, माइकिङ गर्ने र नियन्त्रणमा लिने गरेका छन् । बजार क्षेत्रमा लकडाउन पूर्णरुपमा पालना भए पनि गाउँगाउँमा आंशिक मात्र पालना भएको देखिन्छ । रुपन्देहीमा अहिले प्रदेश सरकारले सरकारी अस्पताल भीम अस्पताललाई कोभिड–१९ को सङ्क्रमणको आशङ्का लागेकाहरुलाई उपचार केन्द्र तोकेको छ भने बुटवलको धागो कारखानामा आइसोलेशन वार्ड बनाएको छ ।
-
महोत्तरी जिल्लाका भारतीय सीमा नाका बन्द
महोत्तरी, ९ चैत । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार महोत्तरी जिल्लाकाे भारतीय सीमानाका बन्द गरिएका छन् । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाकाको भिठ्ठामोर बाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएकोछ । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको हाे। करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ । यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् । बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती शुरु गरेका जनाइएको छ । सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिम विरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवा सहित तीन नगरपालिका एवं एकडारा र सम्सी सहित दुई गाउँपालिका समेत पाँच स्थानीय तह पर्दछन् । जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरण सहितको स्वास्थ टोली यस अघि नै सञ्चालनमा आइसकेका छन् ।
-
कोरोना व्यवस्थापन अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी
राजविराज, ९ चैत । सप्तरीको चार स्थानमा कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै ‘कोरोना व्यवस्थापन अस्थायी अस्पताल’ सञ्चालन गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार बसेको उच्चस्तरीय बैठकले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई कृष्णा शिक्षण अस्पताल र युनिक अस्पतालमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरिएकाे हाे । ती अस्पतालमा आइसोलेसन कक्ष निर्माण गर्न तयारी गरिएको जनाइएको छ । राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवकाे अनुसार हनुमानगर रोडमा बन्द रहेको साई कृष्णा शिक्षण अस्पतालमा आवश्यक उपकरण जडान गरी क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । प्रजिअ खनालको नेतृत्वमा भीमदल गणका प्रमुख गुप्तबहादुर कुँवर, राजविराज नगरपालिकाका प्रमुख यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रर्साइ, सशस्त्र प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपानेसहितको टोलीले ती अस्थायी अस्पतालका लागि छनोट गरिएका चारवटै अस्पतालको स्थलगत निरीक्षण समेत गर्नुभएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा शनिबारदेखि बन्द गरी आवतजावतमा रोक लगेको स्थानीयवासी लोकेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।
-
बन्दीपुरमा केबुलकार निर्माण कार्य तीव्र गतिमा
२३ फागुन, दमौली । तनहुँको बन्दीपुरमा केबुलकारको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा का अनुसार रु एक अर्ब ५६ करोडको लागतमा बनाइने भएकाे छ । निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ र परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम गरीरहेको छ । साथै आगामी दशैँदेखि माघ मसान्तभित्र केबुलकार सञ्चालनमा आउने लक्ष्य लिइएकाेछ । हाल केबुलकारको टावरको खाल्डा खन्ने, पिल्लरको काम तथा बटम स्टेशनमा केबुलकारको खण्ड निर्माण सम्पन्न भएको र एक महीनाभित्र केबुलकारको टावर निर्माणस्थलमा आइपुग्ने जनाइएको छ । केबुलकारको सामान तयार भइसकेकाे र सामान ल्याएर जोड्ने तयारी गरिएको छ । केबुलकार परियोजनाका लागि नेपाल एसबीआई बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ । केबुलकारको माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चारतारे होटल निर्माण गर्नका लागि काठमाण्डाै स्थित चन्द्र निर्माण सेवासँग २५ महिनाभित्र होटल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबीआई बैंकसँग ऋण सम्झौता गरीएकाेछ । केबुलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाण्डाै स्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सीआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएकोछ।
ठुल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट एक घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ ।
-
अधिकृत युवराज पौडेल रु. १,००,०००।– घुस लिएकाे आरोपमा पक्राउ
फाल्गुण ७, काठमाण्डाै । जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेललाई रु. १,००,०००।– (एक लाख) घुस लिएकाे आराेपमा आज बुधबार पक्राउ गरेकाे छ । पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेललाई पक्राउ गरेकाे हाे ।
अधिकृत पौडेलले सूचना, संचार तथा प्रसारणमा बिनियोजन गरेको रकम मध्येवाट प्रिमियर डिजिटल मिडिया प्रा.लि.ले मासिक १ (एक) पटक कार्यक्रम संचालन गर्ने सम्झौता गरी पहिलो किस्ताबापत रु. २,५०,०००।– (दुई लाख पचास हजार) लिई कार्यक्रम भई रहेको अवस्थामा आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बदनियत पूर्वक सेवाग्राही सँग रकमको बार्गेनिङ गरी घुस दिन बाध्य पारी आफ्नाे सवारी चालककाे माध्यमबाट लिन लगाएकाे थियाे ।निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
-
पेशागत प्रध्यापक सङ्गठनहरु द्बारा काठमाण्डाै विश्वविद्यालयका पदाधिकारीहरुकाे जाेडदार भर्त्सना
मंसिर २५ काठमाण्डाै । आज मंसिर २५ गते विभिन्न पेशागत प्राध्यापक सङ्गठनहरु द्बारा काठमाण्डाै विश्वविद्यालयका पदाधिकारीहरुकाे जाेडदार भर्त्सना गरि संयुक्त प्रेस विज्ञप्ति जारि गरेकाे थियाे । काठमाण्डाै विश्वविद्यालय प्राध्यापक सङ्घले आफ्ना पेसागत र प्राज्ञिक सुधार सम्बन्धी मागहरु राखी विगत लामाे समयदेखि आन्दाेलन गर्दै आएकाे र उक्त्त आन्दाेलन विश्वविद्यालय पदाधिकारी र प्राध्यापकहरुका बीचकाे वार्ताका माध्यमबाट २०७६ भाद्र ३० गते लिखित संझाैतामा टुङ्गिएकाे थियाे । तर यसकाे कुनै वास्ता नगरि प्रध्यापक सङ्घले राखेकाे माग पुरा नगर्नु खेदजनक कुरा हाे भनि यसकाे विराेध गरेकाे थियाे ।
काठमाण्डाै विश्वविद्यालयका पदाधिकारीहरुले प्रध्यापकलाई धम्क्याउने साथै प्रशासन समेत लगाएर तर्साउने र आतङ्कित गर्नेकार्य प्रति हामी अति संबेदनशील रहेकाे भनि पेशागत संगठनहरुले बताएका थिए । विश्वविद्यालय जस्ताे गरिमामय संस्थामा विकसित हुनुपर्ने प्राज्ञिक संस्कृतिकाे उपेक्षा प्राज्ञिक मूल्य र मान्यताकाे उल्लङ्घन तथा कक्षाकाेठामा सहभागी भएर शिक्षण सिकाई गर्ने प्रमुख सराेकारवाला प्रध्यापकहरुकाे मानमर्दन गर्ने काम कुनैपनि अर्थमा स्वीकार्य नहुने बताएका थिए ।
अतः प्राध्यापक सङ्घका पेशागत र प्राज्ञिक उन्नयनका मागहरु तुरुन्त पूरा गर्न र विश्वविद्यालयमा साैहार्द्रपूर्ण वातावरण कायम गर्न काठमाण्डाै विश्वविद्यालयका पदाधिकारी समक्ष जाेडदार माग गरेकाे थियाे । अन्यथा यसबाट उत्पन्न हुने परिणाम प्रति हामी जिम्मेवार रहन नसक्ने कुरा समेत अवगत गराएका थिए । विभिन्न प्राध्यापक सङ्गठनहरु मा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन , नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र प्रजातान्त्रवादी प्राध्यापक सङघ ,नेपाल रहेका थिए जसले संयुक्त प्रेस विज्ञप्ति निकालेका थिए ।
-
नेपाल बार एशाेसियसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठलाई भाैतिक क्षतिकाे धम्की
पाैष २ काठमाण्डाै । बाँके जिल्लाअदालतमा चलिरहेकाे नेपालगन्जकाे सहकारी विरुद्धकाे मुद्दामा प्रतिवादीका तर्फबाट बहस गरेकाे कारण नेपाल बार एशाेसियसनका केन्द्रिय बरिष्ठ सुनिल श्रेष्ठलाई भाैतिक क्षतिकाे धम्की दिएका छन् ।
सहकारीकाे मुद्दामा प्रतिबादीकाे तर्फबाट बहस गर्दा पक्षकाे तर्फका ५० भन्दा बदी अज्ञात यक्तिहरुले ने बा ए का केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठकाे हुलाक कार्यलय नजिक रहेकाे ल फर्म मै पुगेर उक्त मुद्दामा बहस नगर्न चेतावनी दिनुका साथै प्रतिवादीकाे तर्फबाट बहस गरेमाज्यानै मार्ने चेतावनी पनी दिएका थिए । आएका व्यक्ति मध्यकाले हातपात समेत गर्न खाेजेका थिए तर उपाध्यक्ष श्रेष्ठ संयमित भएका कारण हातपात गर्न नसकेकाे तर आईन्दा बहस गरे भाैतिक कारबाही गर्ने सम्मकाे धम्की दिएकाे ने बा ए उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे । यसरी बुधबार भाैतिक कारबाहीकाे चेतावनी आएसँगै बाँकेका कानून व्यवसायीहरुले असुरक्षित महशुस गरेकाे नेपाल बार उच्च अदालत नेपालगन्जका अध्यक्ष विकास आचार्यले बताउनु भयाे ।
बाँके अदालतमा सहकारीका सन्चालक र कर्मचारी गरी ४१ जना विरुद्ध सहकारी काे रकम हिनामिना ,ठगी र संगठित अपराध अन्तरगत अभियाेग पत्र दायर भएकाे थियाे । जसमा ६ जना पक्राउ परेका छन भने ३५ जना फरार छन् ।
-
बागलुङका युवाले वैदेशिक रोजगारीलाई बिट मार्दै रु एक करोड २५ लाख लगानीमा पशुपालन शुरु गरे
माघ २८, काठमाण्डाै । बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रु एक करोड २५ लाख लगानीमा पशुपालन शुरु गरेको छ । धवलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन रु एक करोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गरीएको र आगामी दिनमा लगानी बढाएर रु चार करोडसम्म पुर्याउने र धवलागिरिमै नमूना कृषि फार्म बनाएर देखाउने उनकाे योजना बताउनुभयो ।हाल उनी रत्नेचौरमा वार्षिक रु तीन लाख बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनीजग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा लागेका हुन। जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै गरेको र हाल उनकाे व्यवस्थित रूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई रहेका छन् ।
उनले कृषिमा राम्रो सम्भावना रहेकाे उनी आफु जापान पुगेर देखी गाईफार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको भन्नुभयो । कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन शुरु गरेको उहाँले बताउनुभयो। गत पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याउनुभएका श्रेष्ठले यहाँ रु चार करोडसम्म लगानी गर्ने योजना बनाएको जानकारी दिनुभयो । दुई सय उन्नतजातका भैँसी पाल्ने र धवलागिरिका तीन जिल्लाका सदरमुकामसम्म दूध पुर्याउने उनको योजना छ । फार्ममा अहिले दैनिक ११० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध बागलुङ बजारमा खपत हुने गरेको उहाँले बताउनु भयो ।
“बृहत् खालको कृषि फार्म सञ्चालन गर्ने र युवालाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ”, श्रेष्ठले भन्नुभयो । स्थानीयवासीको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उहाँको भनाइ छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालयलगायत स्थानीयवासीको सहयोग मिलेको उहाँले बताउनुभयो ।
-
पटिहानीमा दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार
माघ २८, काठमाण्डाै ।राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा‘अम्ब्रेला स्ट्रिट’ तयार भएको छ ।भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदीको पटिहानीमा रु तीन करोड लगानीमा दुई वर्षकाे अवधीमा तयार पारीएकाे हाे। यही फागुन १ गतेबाट खाना महोत्सव सहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय रु एक करोड, महानगरपालिका रु एक करोड ५० लाख र सोही वडाबाट रु ५० लाख गरी रु तीन करोडको लागतमा स्ट्रिट तयार गरिएको बताइएको छ ।
नेपालमा पहिलोपटक थाइल्याण्ड मोरिससको वाकिङ स्ट्रिट, अम्ब्रेला स्ट्रिट, ट्रेकिङ रुट, बायोलिजकल रुटको अवधारण अनुसार अम्ब्रेला स्ट्रिटको निर्माण गरिएको छ । करीब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४८० वटा ठूला फाइबरका छाता रहेका छन् । दुईवटा फुडकोर्ट, एउटा आइस्क्रिम पार्लरसहित पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ पोइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन, पार्किङ रहेका छन् । हिँडेर अम्ब्रेला स्ट्रिटभित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र सवारी साधन गुडाउन पाइने छैन । यसको नजिकै जिल्लाका सम्पूर्ण पर्यटकीय गन्तव्य हेर्न सकिने गरी एनिमेसन रुम, सार्वजनिक शौचालय, कार्यालय कक्ष, रेष्टुरेन्ट र त्यसमाथि ७० फिटको भ्यूटावर बनाउने योजना बनाइएको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भरतपुर महानगरपालिका–२२ वडाअध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।
प्रमुख पर्यटकीय गन्तव्य सौराहा, नजिकै रहेको राष्ट्रिय निकुञ्ज र मेघौलीसम्मको क्षेत्रको मध्यभागमा पर्ने भएकाले यस क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ । यहाँ थारु, बोटे र मगर जस्ता समुदायको सांस्कृतिक विविधता रहेको छ । ९० मिटरको लम्बाइमा छाता लहरै राखिएको छ । सो क्षेत्रबाट सहजै राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्य देख्न सकिन्छ । यहांँ पर्यटकीय स्तरका १२ वटा र साना २० भन्दा बढी होटल र रिसोर्ट सञ्चालनमा छन् । यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ । भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न अन्य विभिन्न कार्यहरु पनि भइरहेको छ ।
-
गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखियाे
माघ २३, बिहीबार, काठमाण्डाै। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखिएएको छ । माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारण खोजी गर्न शुरु गरिएको हो । प्रजनन केन्द्र हेर्दै आउनुभएका डा विकल्प कार्कीका अनुसार यस वर्ष १२ वटा गिद्धले फुल पारेका थिए । ती फुलमा गिद्ध ओथारो बसिरहेको छ । फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ तर आधाभन्दा बढीको समय नाघेको भए पनि बच्चा कोरलिएको छैन । डा कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुका कारण के हुन सक्छ भनेर विदेशी विज्ञसँगसमेत परामर्श गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । निकुञ्जका निमित्त प्रमुख वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको हो कि भन्ने आशङ्का पैदा भएको भए पनि अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने बताउनुभयो । यस वर्ष जाडोको मौसममा तापक्रम चार डिग्रीमा झरेको थियो । हाल प्रजनन केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन् । तीमध्ये दुई बच्चा, चार भाले र तीन पोथी नवलपरासीको जटायु रेस्टुराँमा प्रकृतिमा छाड्नका लागि लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।
-
“आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ ” पूर्वराष्ट्रपति डा रामवरण यादव
माघ १७ काठमाण्डाै । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले भन्नुभयो “आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ । उहाँले विद्यालयमा अनिवार्यरुपमा प्राविधिक र रोजगारमुखी शिक्षालाई प्राथमिता दिनुपर्ने भन्नुभयो ।
नेपाली काँग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले आफ्नो ठाउँ आफैँ बनाउने अभियानमा सबै लाग्नुपर्छ भन्नुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, काँग्रेसका जिल्ला पूर्वसभापति रघुनाथ पौडेल, पूर्वसांसद उर्मिला थापा, नेपाल महिला सङ्घको केन्द्रीय प्रतिनिधि एवं काँग्रेस महाधिवेशन प्रतिनिधि चिनु पोख्रेरेल सबै उपस्थित थिए । सबैले विद्यालयको समग्र विकासको लागि निरन्तर लाग्नुपर्नेमा कुरामा जोड दिनुभयो ।
-
प्रहरी नायब निरीक्षक १५,००० घुस रकम सहित नियन्त्रणमा
पुष ६, काठमाण्डाै । जिल्ला धनुषा, ईलाका प्रहरी कार्यालय, यज्ञभूमि धारापानीमा कार्यारत प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र जिल्ला धनुषा, जनकपुरधाम उ.म.नपा.वडा.नं. ८ बस्ने विजय प्रसाद साहलाई सेवाग्राहीबाट रु.१५,०००।- सहित रङ्गेहात पक्राउ गरेकाे थियाे ।
सेवाग्राहीलाई सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस माग गरेकाे भन्ने सुचना एवं उजुरीकाे आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय बर्दिवासबाट खटिई गएकाे टाेलीले निज प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र विजय प्रसाद साहलाई सेवाग्राहीबाट रु.१५,०००।- घुस रकम लिईसकेकाे अवस्थामा ट्राफिक प्रहरी कार्यालय, ढल्केवर, धनुषाकाे कार्यालय भवनकाे पुर्व कासले छाएकाे काठकाे गाेल घरबाट मिति २०७६।०९।०४ गते रङ्गेहात पक्राउ गरेकाे थियाे । हाल थप अनुसन्धान भईरहेकाे छ।
-
“टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ” शताब्दी पुरुष सत्यमोहन जोशी
माघ १५ काठमाण्डाैं । शताब्दी पुरुष सत्यमोहन जोशीले टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ भनी बताउनु भयाे। राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएकाे हाे ।
उक्त कार्यक्रम जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।
विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बिताएकाे पनि स्मरण गर्नुभएको छ । विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गर्नुभयो ।हाल अग्ला घरका कारण हिमाल छेकिन पुगेको साथै हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने गुनासो जोशीले गर्नु भयो ।
ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताउनुभयो । ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गर्नुभयो ।
-
विराट सडक महोत्सव भव्यताका साथ विराटनगरमा शुरु
माघ ३ काठमाण्डाै । मन्जिना मुभिज क्रिएशनद्वारा विराटनगरमा ‘विराट सडक महोत्सव’ माघ १ गते देखी ४ गते सम्म सन्चालन गरिनेछ । विराटनगरकाे ट्राफिकचोक देखि शुरु भई महेन्द्र चोकसम्म राखिएकाे छ साथ सजाइएकाे छ ।
यसकाे मुख्य उदेश्य स्वदेशी तथा विदेशी पर्यटकहरुलाई विभिन्न प्रकारका नेपाली खानाहरुकाे स्वाद बारे जानकारी गराउने रहेकाे छ। नेवारी, थारू, मारवाडी, थकाली राजवंशी आदीको परम्परागत परिकार राखिएकाे छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।
महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गर्नुभयाे । उहाँले यस महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल बनाउनुको साथै स्थानीयस्तरमा उत्पादन भएको बस्तुको प्रवर्धनमा सहयोग पुर्याउने बताउनुभयो ।
महोत्सव दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने र यसमा तीन दर्जन प्रदर्शनीकक्ष रहकाे क्रिएशनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभयो । महोत्सव एक लाख दर्शकले प्रत्यक्षरूपमा अवलोकन गर्ने र रु एक करोडको कारोवार हुने लक्ष्य राखिएको छ ।
-
पाँचखाल मा सुनकाेशी पाँचखाल बृहत् खानेपानी योजना कार्यान्वयनमा आउने
माघ २ काठमाण्डाै । पाँचखाल नगरपालिकामा सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजना कार्यान्वयनमा आउने भएको छ ।यसबाट पाँचखाल क्षेत्रका करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।
याेजनाले खानेपानीकाे समस्याकाे हल हुने बिश्वास लिएकाे छ जसले गर्दा पाँचखालका बासिन्दाहरु धेरैनै लाभान्वित हुने भएका छन् । याेजनामा नेपाल सरकार, नगर विकास कोष, एडिबी र उपभोक्ताको लागत मा रहनेछ ।सुनकोशी–पाँचखाल बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार यस याेजना रु दुई अर्ब २१ करोडको लागतमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएकोछ ।
भदौ १२ गते खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएको छ ।
-
नेपाल मेलमिलापकर्ता समाजकाे तेह्राैं बार्षिक साधारण सभा

पुस १९ काठमाण्डाै । मिति २०७६ साल पुस १८ गते नेपाल मेलमिलापकर्ता समाजकाे तेह्राैं बार्षिक साधारण सभा साफ फल्चा क्याफे काठमाण्डाैमा सम्पन्न गरियाे । उक्त्त कार्यक्रममा मुख्य अथितिकाे रुपमा सर्बाेच्च अदालतका माननिय न्यायधिस श्री ईश्वर प्रसाद खतिवडा रहनुभएकाे थियाे । सभाकाे अध्यक्षता श्री शकंर सुबेदीले गर्नुभएकाे थियाे । साथै सर्बाेच्च अदालतका माननिय न्यायधिस श्री तेज बहादुर केसी उच्च अदालत पाटनका माननिय न्यायधिस श्री बामदेव ज्ञवाली र अन्य सल्लाकार र सदस्यहरु रहेकाे थियाे । कार्यक्रम सन्चालन संस्थाका महासचिव लक्ष्मण थपलिया ले गर्नुभएकाे थियाे ।
साधारण सभाबाट नँया कार्यसमितीकाे गठन भएकाे थियाे। जसमा विष्णुमणी अधिकारीकारी अध्यक्ष सहित १५ जनाकाे कार्यसमितीकाे गठन भएकाे छ । नेपालमा मेलमिलापकाे माध्यमबाट कसरी बदी भन्दा बदी समस्या समाधान गर्ने र यसकाे विकासकाे लागी गर्नुपर्ने कुराहरुकाे बारेमा छलफल गरीयाे ।
-
उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ
पुस १८ काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । उनलाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको भन्ने सम्बन्धमा अनुसन्धानकाे लागि मिति २०७६।०९।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।