Category: पर्यतन

  • मुस्ताङमा साइकल ट्रेल निर्माण

    मुस्ताङमा साइकल ट्रेल निर्माण

    श्रावण १ बिहिबार,मुस्ताङ । मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका अनुसार जोमसोम-धार्काजुङसम्मको करिब आठ किलोमिटर लम्बाइको साइकल ट्रेल रु २० लाख बजेटमा निर्माण गरिएको हो ।

    पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेलले यस साइकल ट्रेलकाे निर्माणले मुस्ताङको पर्यटन विकास, पर्यटन प्रवर्द्धनका साथै पर्यटकको बसाइँ लम्ब्याउनका मद्दत गर्ने बताउनुभयाे ।

    ट्रेल निर्माणका लागि सुक्खावाल, ग्याविन वालका साथै जोमसोम–धार्काजुङ ट्रेलमा दुई वटा फलामे पुल बनाइएको छ । ट्रेल निर्माणमा साबिकको पुरानो बाटोको स्तरोन्नति र नयाँ दुई किमी सडकमा ट्रयाक ओपन गरिएको छ ।

    पौडेलका अनुसार समुन्द्री सतहको करिब चार हजारभन्दा माथिको उचाइमा रहेको ढल्केडाँडा छिचोल्दै साइकल ट्रेल गर्ने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र पर्वतीय उच्च उचाइमा बेग्लै अनुभव गर्न सक्नेछन् । साथै ढल्केडाँडा पुग्ने पर्यटकले उपल्लो मुस्ताङ, नेपाल–चीन सिमाना, तल्लो मुस्ताङ र मध्य मुस्ताङको विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सक्नेछन् ।

    अब पर्वतीय हाइअल्टिच्युड साइकल ट्रेल निर्माणसँगै यहाँ साइक्लिङ गर्न आउने पर्यटकले जोमसोम–कागबेनी सडकमार्ग प्रयोग नगरी धार्काजुङ हुँदै मुस्ताङ–डोल्पासम्मको छोटो यात्रा गर्न पनि सक्नेछन् ।

  • सात महिनामा विदेशी पर्यटक आगमन २१.२२ प्रतिशतले बढे

    सात महिनामा विदेशी पर्यटक आगमन २१.२२ प्रतिशतले बढे

    श्रावण १७ बिहीबार, काठमाण्डाै । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए ।

    यस वर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एकसय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक , जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।

  • दसैं भ्रमण प्याकेज खरिदमा शेयरमा लगानी सित्तैमा

    आश्विन ५ मंगलबार, काठमाण्डाै । भक्तपुर टुर्सले आफ्ना सेवाग्राहीहरुलाई नेपाल लगानी कोषको शेयर निशुल्क दिने ब्यबस्था गरेको छ । भक्तपुर टुर्सका सन्चालक रविन राचलिका का अनुसार दसैं भ्रमण प्याकेज खरीदकर्ताकाे खरीद मुल्यको ८ प्रतिशत बराबरको रकम शेयरमा लगानी गरिने निर्णय गरिएकाेछ । नेपाल लगानी कोष, नेपाल भ्रमणको बजेटबाट बचत भएको रकमलाई बैदेशिक ऋण कम गर्ने लक्ष्य राखी स्थापित भएकाे संस्था हाे । याे संस्था भ्रमणकर्ताहरुको बचत रकमबाट सञ्चालित हुदै आएको छ । यसले आफ्नाे कोषबाट न्यून ब्याजदरमा उद्यम गर्नको लागि सञ्चयकर्ताहरुलाई ऋण प्रदान गर्दै आएको छ । साथै यसले शैक्षिक क्षेत्रमा लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    हाल दसैं भ्रमणका दश हजार देखि पन्ध्र हजार रुपैयाँ बराबरका टुर प्याकेजहरु उपलब्ध छ । पाँच दिने टुर प्याकेजमा खाना, बस्न र यातायातको सुबिधा दिइएको छ । दसैं भ्रमण प्याकेज बिक्री प्रर्बद्धनलाई अझ सहज बनाउन प्याकेज सिफारीस गर्नेहरुको लागि पनि बिक्री मुल्यको २ प्रतिशत रकम बराबरको शेयर निशुल्क प्रदान गरिने निर्णय गरिएकाेछ । दसैंको लागि मुस्ताग र पाथीभाराको प्याकेज बुकिग असोज ३ गतेबाट सुरु भएको छ । अन्य स्थानको बुकिग असोज ८ गतेदेखि खुल्नेछ ।