Category: विचार

  • जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हाे-राष्ट्रपति विद्यादेवी भण्डारी

    जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हाे-राष्ट्रपति विद्यादेवी भण्डारी

    फाल्गुण ७ आइतबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हाे यस मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने बताउनुभएको छ ।

    राष्ट्रपतिको सन्देशमा “हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ । सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ । यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।” भनिएको छ ।

    उहाँले सन्देशमा प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको उल्लेख गर्नुभएको छ ।नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गर्नुभएको छ ।

    साथै उनले नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।

  • संविधानको कार्यान्वयन मार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार रहेकाे -प्रधानमन्त्री पुष्पकमल दाहाल

    संविधानको कार्यान्वयन मार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार रहेकाे -प्रधानमन्त्री पुष्पकमल दाहाल

    फाल्गुण ७ आइतबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । साथै ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयाे ।

    प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताउनुभएको छ ।

    उहाँकाे सन्देशमा “आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२-६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ । आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ”

    साथै उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको बताउनुभयाे । प्रजातन्त्र दिवसले राष्ट्रिय सहमति मार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभयाे ।

  • हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् – मेयर बालेन

    भाद्र १९ आइतबार , काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना सय दिनमा गरिएका काम सम्झँदै पाँच बर्षका लागि याेजना रहेकाे भनाइ सार्वजनिक गरेका छन्। उनले अनधिकृत संरचना हटाउने कार्यलाई महानगरले प्राथमिकताका साथ अगाडि बढाएको पनि बताएका छन्। फोहोर व्यवस्थापनमा ढिलाइ भएकाे पनि स्विकारेका छन।

    मेयर बालेन साहले १०० दिन कार्यकाल पुगेको सन्दर्भमा लेखेका छन् – ”हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आम मानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ ।

    काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाह

    १. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सहि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफुले पाएको अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।

    २. Esports का लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढि थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

    ३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो । यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफु त्यो बिधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।

    ४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भुमिकाका लागि अर्को भुमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।

    ५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ ।

    ६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधी हुनुको औचित्य पनि त्यहि हो ।

    अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।”

  • कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट ; मेयर बालेन शाह

    श्रावण २४ मंगलबार, काठमाण्डाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस राख्दै कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट भएको बताएका छन्। मेयर बालेन शाहले कानुनले सडक र महल नहेर्ने , सडकमा होस् वा महलमा सबैले कानुनको पालना बराबर किसिमले हुनुपर्ने बताएका छन्।

    उनले स्टाटसमा लेखेका छन् ‘नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनधिकृत रूपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरूलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो ।’ बालेनले इन्जिनियरिङ अध्ययनबाट समयसीमा तोकिने बताएका छन्।  अन्तिममा कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरू हटाइदिन आग्रह गरेका छन्। साथै कानुनको पालना नगरे महानगर पनि पछि नहट्ने बताए ।

  •  नेवा पत्रकार राष्ट्रिय दबूकाे १० बुँदे ललितपुर घाेषणा पत्र

    मंसिर २० साेमबार, काठमाण्डाै । मिति २०७८ मंसीर १८ गते नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरको सप्तपुर महाबिहारमा सम्पन्न गरेको ९ औं वार्षिक साधारणसभामार्फत १० बुँदे ललितपुर घोषणापत्र सार्वजनिक गरेको छ।दबूले सञ्चारमाध्यम पूर्ण समावेशी बनाएर मातृभाषाको पत्रकारितालाई थप सशक्त र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएको छ ।

    पत्रकार राष्ट्रिय दबूले शनिबार नेपालको पहिलो मातृभाषाका पत्रकारको धर्मादित्य धर्माचार्यको जन्मथलो ललितपुरको सप्तपुुर महाविहार चिकंबहीमा सम्पन्न ९ औं वार्षिक साधारण सभापछि जारी १० बुँदे घोषणापत्र मार्फत सो माग गरिएको हो । नवौं साधारणसभा र बन्दसत्रमा उठाइएको विषयको आधारमा सो घोषणापत्र जारी गरिएको हो । अध्यक्ष सुरजवीर बज्राचार्य र महासचिव सुनील महर्जनद्वारा हस्ताक्षरित सो घोषणापत्रमा भनिएको छ ‘बहुजातीय, बहुभाषिक र बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने, मातृभाषा पत्रकारितालाई थप सशक्त बनाउनुपर्ने खाँचो छ ।’
    घोषणापत्रमा नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा नेवाः लगायत आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।
    त्यसैगरी प्रेस काउन्सिलको इतिहासमै पहिलो नेपालभाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशनले पत्रकार आचारसंहिताबारे सचेतना ल्याउन टेवा पुर्याएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ ‘काउन्सिलले आगामी दिनमा नेपालको पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को व्यक्तित्व र कृतित्व बारे पुस्तकहरु प्रकाशन गर्न ध्यान जाओस् । साथै प्रेस काउन्सिलबाट प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाबाट पत्रकारिता गरिरहेका तथा नेवाः लगायत विभिन्न समुदायका पत्रकारहरु पनि प्रदान गर्न ध्यान आकृष्ट गर्न चाहन्छौं ।’
    सो घोषणापत्रमा मातृभाषाको पत्रकारिताको विकासको लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने, राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाली पत्रकारहरु पहिलो पटक संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक भएको दाबी गर्दै उहाँको योगदानलाई कदर गर्नुपर्ने पनि घोषणा पत्रमा भनिएको छ ।
    त्यसैगरी घोषणापत्रमा काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसिके’ (काठमाडौंलाई चिनाऔं) पुस्तक प्रकाशन गरी महानगरपालिका क्षेत्रका सार्वजनिक र संस्थागत विद्यालय पठन पाठन अनिवार्य गरी पढाउने शिक्षक समेत व्यवस्था गर्नु युगौं सम्म महत्वपूर्ण राख्ने घटनाको रुपमा लिन भनिएको छ । यससंगै कीर्तिपुर नगरपालिकाले सो कार्यको शुरुआत गरेको छ ।
    सो कार्यको सराहना गर्दै विभिन्न स्थानीय तहमा नेपाल भाषाकासाथै आआफ्नो स्थानीय तहमा चलनचल्तीमा रहेको मातृभाषाको माध्यमबाट पढाउने व्यवस्थाको लागि ध्यान आकृष्ट हुनुपर्ने पनि घोषणापत्रमा भनिएको छ ।

  • शान्तलाल मुल्मीको ” म भित्रको म ” लोकार्पण

    २९ कार्त्तिक,काठमाण्डौ । वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक लोकार्पण भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तराष्ट्रिय सम्वन्ध लगायतमा मर्मस्पर्शी ढंगले इमान्दारिताका साथ आत्मवृतान्त पस्केका छन् ।


    कार्यक्रममा प्रमुख अतिथि एवम पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले नछोडी धर्म नतोडी ब्रम्ह, गरेर कर्म नै जीवनको मर्म हो भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए । आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने पनि उनले स्पष्ट पारे । उनले राजनीतिबाट हामी असुरक्षित हुँदै गइरहेको र नेताहरु जितेको अनि जनता हारेको अनुभुति हुन थालेको टिप्पणी कार्यक्रममा गरेका थिए । भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफनो जीवनसँग पनि मेल खाएको बताउँदै मभित्रको म पुस्तक पढ्दा आफ्नै कथा व्यथा पढेको जस्तै हुने बताए । साहित्यकार सुलोचना मानन्धरले आफूले आफैलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरेतापनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमान्दारितापूर्वक लेखकले लेखेको बताए । पुस्तक नियात्राजस्तै अनि आख्यानजस्तै रहेको पनि उनले टिप्पणी गरे । समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शव्दको माधुर्यता रहेको , शव्दको लय मिलेको र मेरो अस्तित्व खोज्न सिक्न सिकाउने खालको रहेको बताए ।
    छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक लोकार्पणसँगै गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समासेवी सम्मान पदक दिइएको थियो ।

  • कैदीबन्दी रामलखन जैसवालकाे मृत्यु शंकास्पद नभएको

    असोज ७,काठमाण्डाै । गत असोज ३ गते राति ११ः ५५ बजे कैदीबन्दी रामलखन जैसवालको मृत्यु कारागारमा भएकाे थियाे । आज भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बास्कोटाले जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको हाे ,सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा भने जस्ताे शंकास्पद नभएको बताएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, घाँटी काटिएको र शरीरका विभिन्न भागमा चोटपटक लागेको, जस्ता भ्रमक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाे छ । उनले कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको बताएकाेछ । पोष्टमार्टम रिपोर्ट पछि सबै कुरा थाहा हुने बताए । 

    वीरअस्पतालमा पीसीआर परीक्षण र पोष्टमार्टम गर्न लगिएकाे मा शव उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा गर्मी मौसम भएकाले शव सुनिएकाे, फोका आएकाे, विभिन्न भागमा दाग देखिएको जेलर बास्कोटाले बताए । त्यस्तै वीरअस्पतालका फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठका अनुसार शव तीन दिनपछि सुन्निएको, फोकाहरु देखिएको र सुन्निएर चिन्नै नसकिने अवस्था भएको हाे, साथै अन्य थप कुराहरू पोष्टमार्टम काे रिपाेर्ट आएपछि थाहा हुनेछ ।