माघ २३, बिहीबार, काठमाण्डाै । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।” सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्वउपप्रधानमन्त्रीसहितका व्यक्तिलाई मुद्दा दायर गर्दा सरकारप्रति जनताको सकारात्मक तरङ्ग पैदा भएको जनाउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । सांसद दीपा गुरुङले गत वर्ष एनसेलको घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्नुभयो । सांसद प्रकाश पन्थले भारतीय सेनामा भर्ना भएका नेपालीको मृत्यु पछिको शव नेपाल ल्याउनमा भएको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मुक्ताकुमारी यादवले तराईमा आएको बाढीका कारण भएको क्षतिबारे सरकार अहिलेसम्म पनि बेखबर बनेको आरोप लगाउनुभयो ।
Category: राजनिति
-
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता
माघ २३, बिहीबार, काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज बिहान खुमलटारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । पूर्वप्रधानमन्त्री दाहालले बेलायतले नेपालको विकासमा गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको छ।साथै उहाँले बेलायती राजदूत पोलिटको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास लिएको, नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको छ र देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको भन्नुभयाे । उक्त भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताउनुभयो ।
-
विश्व बैंकद्बारा भूकम्पपछि बस्ती पुनर्निर्माणलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग
माघ २३, बिहीबार, काठमाण्डाै। नेपाल सरकारलाई विश्व बैंकले रु २२ अर्ब ८२ करोड ऋण सहयोग दिने भएको छ । भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न काे लागी साे ऋण सहयोग दिने भएको हाे । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले बैंकले ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकाेमा हार्दिक आभार व्यक्त गर्नुभयो ।
-
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरु द्बारा सरकारलाई विभिन्न कुरामा ध्यानाकर्षण गराए
माघ १८, काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोग विहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
नेकपाका इन्दुकुमारी शर्माले चुरे दोहन रोक्न सरकार असफल हुँदा माफिया मौलाएको उल्लेख गर्दै उहाँले चुरेको अवैध उत्खनन् रोक्न सरकारसँग माग गर्नुभयो ।नेकपाका कुमारी तुलसी थापा तुसारोले हिउँदे बालीमा ठूलो नोक्सानी पुर्याउने भन्दै किसानलाई र बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका जनतालाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।नेकपाका खगराज अधिकारीले पोखरा क्षेत्रीय विमानस्थलका लागि १०४ रोपनी जग्गा अधिग्रहण गर्ने खबर सही हो कि के हो ? भन्दै जिज्ञासा राख्नुभयो । नेकपाकै गजेन्द्रबहादुर महतले छाउगोठका नाममा गरिब जनताको घर भत्काइएको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।नेकपाका सांसद घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म १२८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटनाको दर बढेको भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गर्नुभयो ।नेपाली काँग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाउनुभयो ।
-
प्रतिनिधिसभामाआठ आयोगकाे वार्षिक प्रतिवेदन पेश
माघ १७ काठमाण्डाै । प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभयो ।
राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५।०७६ प्रथम वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
-
लगानीका लागी नेपाल उपयुक्तः अर्थमन्त्री
मंसिर २६, काठमाण्डाै । नेपाल लगानीका लागि उपयुक्त्त वातावरण भएकाे अर्थमन्त्री डा युवराज खतिवडा जानकारी गराउनु भयाे । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त कुरा इजरायली अन्तर्राष्ट्रिय विकास प्रमुख गिल हासकेलले सँगकाे भेटवार्तामा बताउनुभएकाे थियाे ।
अर्थमन्त्री डा युवराज खतिवडाले नेपालसँग जल,पानी,मानव,जमिन जस्ता श्राेतहरु पर्याप्त रहेकाे तर प्रविधिकाे न्यून प्रयाेगले गर्दा कृषि क्षेत्रमा उत्पादन बढाउन नसकेकाे साथै कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण गर्नका लागी इजरायली लगानीकर्ताहरुलाई अनुराेध गर्नुभयाे साथै उहाँले नेपालमा कृषिक्षेत्रकाे उत्कृष्ट नमूना केन्द्र (Centre of Excellence) स्थापनाकाे लागि नेपाल सरकार सकारात्मक रहेकाे जानकारी गराउनुभयाे । इजरायलले नेपाललाई पुराउँदै आएकाे सहयाेगकाे लागि धन्यबाद पनि दिनुभयाे ।
इजरायली अन्तर्राष्ट्रिय विकास प्रमुख गिल हासकेलले नेपालमा कृषि क्षेत्रकाे उत्कृष्ट नमूना केन्द्र (Centre of Excellence) स्थापना गर्नमा कसरी सहयाेग गर्न सकिन्छ भन्ने सन्दर्भमा नेपाल भ्रमण गरेकाे बताउनु भयाे । उँहाले इजरायल कम पानी र माटाे भएकाे देश भएकाे र थाेरै जनसंख्या मात्र कृषि क्षेत्रमा लागेकाेमा समेत कृषिमा आत्मनिर्भर मात्र नभएर प्रशस्त मात्रामा कृषि उपजहरु निर्यात गरिरहेकाे बताउँदै यसकाे मुख्य काड्रडण नै प्रविधिकाे प्रयाेग हाे , त्यसबाट नेपालले पनि फाइदा लिन सक्ने जानकारी गराउनु भयाे । सिक र कमाउँ (learn and Earn) कार्यक्रम अन्तर्गत हरेक वर्ष ५०० जना नेपाली युवाहरु इजरायल जाने र त्याहा उनीहरुले राम्राे कार्य सम्पादन गरिरहेकाे बताउँदै इजरायली लगानीकर्ताहरु नेपालकाे कृषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेकाे बताउनुभयाे ।
साे भेटमा नेपालका लागि इजरायली राजदूत बेनी ओमार , इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य लगायतका अन्य पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।