Category: राजनिति

  • समानुपातिकतर्फ बन्दसूची बुझाउने कार्य सकियाे

    असाेज ४ मंगलबार, काठमाण्डाै । आउदाे मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ राजनितिक दलहरुले बन्दसूची पेस गरेका छन् । प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिए पनि ४८ वटा दलले मात्रै बन्दसूची बुझाएका छन्। प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएका थिए। तर ४८ वटा दलले मात्रै आज बिहानसम्म बन्दसूची बुझाएका छन्। अव ति ४८ दलबाटै ११० जना समानुपातिकतर्फका सांसद हुनेछ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा , बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेका छन् । साथै सातै प्रदेशबाट पनि बिभिन्न दलले बन्दसूची पेस गरेका छन् ।

  • अनलाइन समाचार प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण

    जेष्ठ १२ बुधबार , काठमाण्डाै । सर्वाेच्च अदालतले विभिन्न अनलाइन समाचार पत्रिकाहरुमा प्रकाशित समाचारहरु प्रति सर्वाेच्च अदालतकाे गम्भिर ध्यानाकर्षण गराएकाे जानकारि दिएकाे छ । सर्वाेच्च अदालतले आफ्नाे प्रेष विज्ञप्तिमा यस्ताे भनेकाे हाे ।

    जसमा “प्रधानमन्त्री र प्रधान न्यायाधीश बिच बालुवाटारमा छलफल ‌,ओलीले गाडी पठाए पछी आए राणा” र “प्रधान न्यायाधीससँग सवा घण्टाकाे छलफल पछी राती ११ बजे बाहिरिए प्रधान न्यायाधिश राणा” भन्ने शिर्षक राखी इमेज खबर अनलाइनले मिति २०७८।०२।१० गते मा, “प्रधानमन्त्री ओली र प्रधान न्यायाधीश बिच अर्थपूर्ण भेट” शिर्षक राखी पहिलाे क्लिक अनलाइन पत्रिका र “प्रधान न्यायाधीस राणालाई बालुवाटार बाेलाएर ओलीले भने मलाई सहयाेग गर्नुहाेस”‍ शिर्षक राखी नेपाल समय अनलाइनले मिति २०७८।०२।११ मा र अन्य केही अनलाइनपत्रिकाहरुले बिभिन्न समाचार हरु प्रकाशित गरेकाेमा गम्भिर ध्यानाकर्षण भएकाे भनि जानकारी गराएकाे छ ।

    उल्लेखित विषयमा कुनै पनि सत्यता नरहेकाे न्यायपालिकाकाे स्वच्छता एवम् यस प्रतिकाे आस्था र विश्वासमा प्रभाव पार्ने गरि अतिरन्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेद जन्य विषय हाे । यस प्रकारका कार्यहरु संबिधान कानून र स्वयम पत्रकार आचार संहिताकाे समेत प्रतिकुल हुने हुँदा कानूनी दायरमा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछाै । साथै यस्ता भ्रमपुर्ण कपाेकलल्पित भ्रममा नपर्न सबैमा अनुराेध गर्दछाै । साथै न्यायपालिका आम नागरिककाे आस्था विस्वास र भराेसाबाट सन्चालन हुने राज्यकाे स्वतन्त्र संस्था हाे । न्यायपालिका प्रतिकाे जनआस्था अभिबृद्धिमा अदालत सदैव गम्भिर सचेत र संबेदनशील एवम् पुर्णरुपमा प्रतिबद्ध रहेकाेमा विश्वस्त हुन सबैमा अनुराेेध गर्दछाै । न्यायपालिकाकाे गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहिन र भ्रामक समाचार सच्चाउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउदछाै ।

  • नेपाली काँग्रेसद्बारा साग स्वर्ण विजेतालाई सम्मान गरिने

    साउन ६,काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागद्बारा नगद सहित सम्मान गरिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको साउन ५ गते बसेको बैठकको पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराए । तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए । एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्ण विजेतालाई १५ हजार र चार स्वर्ण विजेतालाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो ।
    त्यस्तै टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा गरी यथाशीघ्र टोकियो ओलम्पिक लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीको प्रशिक्षण उच्च सतर्कताका साथ प्रशिक्षण सुरु गर्न सरकारसंग अनुरोध गर्ने, नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा वर्षेनी राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने, नेपाली कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट जोगाउन सहयोग पुग्ने कार्यहरु गर्न गराउन परिचालन गर्ने, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ ।

    विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका आफ्ना स्वर्गीय नेता र शहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ । पत्रकार सम्मेलनमा विभागका उप–प्रमुख मोहनकुमार राई, सचिव मीनकृष्ण महर्जनलगायतका पदाधिकारीहरुको उपस्थिति रहेकाे थियो ।