Category: प्रवास

  • नुवाकोटकाे निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा

    नुवाकोटकाे निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा

    भाद्र १५ शनिबार, काठमाण्डाै। नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ । गृहमन्त्री रमेश लेखकले कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको उद्घाटन गर्नुभएकाे हाे ।

    गृहमन्त्री लेखकले विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारको रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने जानकारी दिनुभयो ।

    कारागार भवन उद्घाटनको कार्यक्रममा कानून न्याय तथा मानव अधिकार समितिका सभापति बिलमा सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, महान्यायधिवक्ता रमेश बडाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र सिता मिजार, निमित्त गृहसचिव नारायणप्रसाद भट्टराई लगायतका व्यक्तिहरु उपस्थित थिए ।

  • कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट ; मेयर बालेन शाह

    श्रावण २४ मंगलबार, काठमाण्डाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस राख्दै कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट भएको बताएका छन्। मेयर बालेन शाहले कानुनले सडक र महल नहेर्ने , सडकमा होस् वा महलमा सबैले कानुनको पालना बराबर किसिमले हुनुपर्ने बताएका छन्।

    उनले स्टाटसमा लेखेका छन् ‘नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनधिकृत रूपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरूलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो ।’ बालेनले इन्जिनियरिङ अध्ययनबाट समयसीमा तोकिने बताएका छन्।  अन्तिममा कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरू हटाइदिन आग्रह गरेका छन्। साथै कानुनको पालना नगरे महानगर पनि पछि नहट्ने बताए ।

  • अफगानिस्तानबाट ५०४ जना नेपाली नागरिककाे उद्धार

    भाद्र ७ साेमबार, काठमाण्डाै । हिजाे भाद्र ६ गते सम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको छ । मिति २०७८।५।६ मा परराष्ट्र मन्त्रालका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको सातौं बैठक बसेकाे थियाे । उक्त बैठकमा अफगानिस्तानमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्ने, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिको अद्यावधिक र पछिल्लो अवस्था बारेमा छलफल गरिएकाे थियाे ।

    अफगानिस्तानबाट हालसम्म कूल ५०४ जना नेपाली नागरिक उद्धार गरि नेपाल फर्की सकेकाे र थप नेपाली नागरिकहरू फर्कने प्रकृया पनि जारी रहेको छ । त्याहाबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौ सम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको छ । कन्सुलर सेवा विभागको वेव पोर्टलमा हिजाे साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गराएको छ । उद्धारको लागि सूचीकृत भएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्य सम्म पुगिसकेकाहरुकाे विवरण रुजु गरी, उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको छ । काबुलमा नागरिक उड्डयान सेवाको हवाई जहाजको आगमन अवतरण खुली सकेको अवस्था भने छैन ।

    अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । यसका साथै नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएकाेछ ।