Category: अपराध

  • इन्गेजमेन्ट तोडिएपछि केटाको घरमै गई महिलाले गरि आत्मदाह

    मसिंर २० मंगलबार, काठमाण्डाै । काठमाण्डाैकाे धुम्वाराहिमा इन्गेजमेन्ट तोडिएपछि केटाको घरमै गई महिलाले आत्मदाह गरेकिछिन। तर महिलाका परिबार पक्षले उक्त घटना आत्मदाह नभइ हत्या भएकाे बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मृतक महिला दरबारमार्ग स्थित केल्मी ब्राण्डका शोरुममा कार्यरत २६ वर्षकी पुष्पा न्यौपाने हुन । उनि गत आइतबार साँझ ५ बजे धुम्बाराहीमा ८० प्रतिशत जलेको अवस्थामा प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्‍याइएको थियो । प्रहरी बृत महाराजगञ्जबाट खटिएको टोलीले आत्महत्या गर्न दुरुत्साहन दिने २९ वर्षीय सुधन संग्रौला प्रक्राउ गरेकाे छ । संग्रौलालाई जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाएकाेछ ।

    घटनामा संग्लन भएको आरोपमा पीडितका परिवारले प्रहरी बृत महाराजगञ्जमा सुधनका बुबा-आमा दिनेश र बिन्दु संग्रौला, दाजु मधु संग्रौला र सुधन संगौला विरुद्ध ज्यानसम्बन्धी कसुरको आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता गरि दोषी माथि कडा कारबाहीको माग गरिएको छ। प्रहरीले घटनास्थलबाट ५ लिटरको खाली ग्यालेन बरामद गरेको छ । थप अनुसन्धान कार्य जारि रहेकाे बताएका छन् ।

  • क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

    कार्तिक १७ बिहिबार, काठमाण्डाै । नेपालका राष्ट्रिय क्रिकेट टोलीकाे निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध जिल्ला अदालत काठमाण्डाैमा परेको मुद्दाकाे आज पनि थुनछेक बहस नभ्याइसकेकाेले हेर्दा हेर्दैमा राखिएको छ । कात्तिक १४ गते क्रिकेटर लामिछाने विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरिएको थियो । आज क्रिकेटर लामिछानेकाे पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली र अधिवक्ता मुरारी सापकोटा, रोशनी घिमिरेले समेतले थुनछेक बहस गरेका थिए । उनकाे पक्षबाट कानुन व्यवसायीहरुले पीडित किशोरी नाबालिक नभएको प्रमाण अदालतमा पेस गरेकाे र उनी विरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर लिएका छन् । थुनछेक बहस बुधबार देखि सुरु भए पनि पिडीत र क्रिकेटर लामिछानेकाे पक्षबाट बाेल्ने कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको हाे ।

  • न्युराेडबाट हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

    कार्तिक १६ बुधबार, काठमाण्डाै । काठमाण्डाैकाे न्युराेडबाट हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार काठमाण्डाै महानगरपालिका-२४ जुद्ध शालिक नजिकै मंगलबार बिहान मृत फेला परेको व्यक्तिको हत्या गरेको आरोपमा एक जनालाई आज बुधबार प्रहरीले पक्राउ गरेको हाे । प्रहरीले पक्राउ परेका व्यक्‍तिको पहिचान भने नखुलाएको बताएका छन् । साथै मृतककाे पनि हाल सम्म पहिचान नखुलेकाे तर मृतक न्युरोड क्षेत्रमै मजदुरी गर्ने व्यक्ति रहेकाे बताएका छन् । प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेको पनि बताएका छन् ।

  • सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस

    सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस

    कार्तिक १६ बुधबार, काठमाण्डाै । नेपालका राष्ट्रिय क्रिकेट टोलीकाे निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध परेको मुद्दामा आज देखि जिल्ला अदालत काठमाण्डाैमा थुनछेक बहस प्रारम्भ भएको छ । आज थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याइसकेकाेले भाेली बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । कात्तिक १४ गते लामिछाने विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरिएको थियो । क्रिकेटर लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदावि लिई अभियाेगपत्र दायर गरिएको छ । तर क्रिकेटर लामिछानेले आफू विरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेकाे छ । उनले बलात्कार नगरेको, आफू निर्दोष रहेको र अनुसन्धानमा सहयाेग पुराउन आफै प्रहरीमा आत्मसमर्पन गरेकाे बयान दिएका छन् । उनी असोज २० गते देखी नाबालिग माथि जबर्जस्ती करणी गरेको आरोपमा न्यायिक हिरासतमा राखिएका छन् ।

  • जुद्ध शालिक नजिकै एक व्यक्ति मृत भेतिए

    कार्तिक १५ मंगलबार, काठमाण्डाै । काठमाण्डाै महानगरपालिका-२४ जुद्ध शालिक नजिकै मंगलबार बिहान एक व्यक्ति मृत फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मंगलबार बिहान बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले एक पुरूष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत व्यक्ति अन्दाजी ४५ वर्षीय रहेकाे जनाएकाे छ तर उक्त व्यक्तिकाे पहिचान भने खुलेको छैन । उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको सम्म खुलेको छ । एसपी मैनालीका अनुसार घटना शंकास्पद रहेको छ । मृतकको निधारमा चोट लागेको छ । थप अनुसन्धान भइरहेकाे र मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ । अनुसन्धानकाे लागि तालिम प्राप्‍त कुकुर समेत खटाइएको छ ।

  • खुकुरी प्रहार गरी फरार रहेका आठ जना पक्राउ

    खुकुरी प्रहार गरी फरार रहेका आठ जना पक्राउ

    असाेज २७ बिहिबार, काठमाण्डाै । काठमाण्डाैको सोह्रखुट्टेमा दुई बाउन्सरलाई खुकुरी प्रहार गरि फरार रहेकाे आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले आज पत्रकार सम्मेलन मार्फत असोज २५ गते दरबारमार्ग स्थित क्लब प्लाटिनमका दुई बाउन्सरलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइ फरार भएकाे आठ जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डाैको टोलीले पक्राउ गरेकाे जानकारि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखाका ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोकका २७ वर्षीय दोर्जे शेर्पा र २९ वर्षीय विनोद तामाङ, रामेछापका २८ वर्षीय विकास श्रेष्ठ, २९ वर्षीय राजेन्द्र खत्री, दोलखाका २९ वर्षीय प्रदीप तामाङ र काभ्रेपलाञ्चोकका ३२ वर्षीय दिपेन लामा र काठमाण्डाैको चाबहिलका २६ वर्षीय करण डङ्गोल रहेका छन् । त्यस्तै प्रहरी टाेलीले फरार रहेकाहरुलाई काठमाण्डाैको विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी गराउनु भयाे । साथै प्रहरीले पक्राउ परेका अभियुक्तहरूको साथबाट तीन थान खुकुरी, दुई थान मोटरसाइकल बरामद गरेको पनि बताउनु भयाे ।

  • अब १३५ देशले सन्दीप लामिछानेको खोजी गर्ने

    अब १३५ देशले सन्दीप लामिछानेको खोजी गर्ने

    असाेज १० साेमबार, काठमाण्डाै । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाइ अब इन्टरपोलमा आवद्ध १३५ देशले खोजी गर्ने भएकाे छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीप विरुद्ध डिफ्युजन नोटिस जारी गरेकोछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछ। सन्दीप लामिछानेलाइ क्यारेबियनल लिग खेल्न नेपाल बाहिर गएकाे बेला बलात्कारको आरोप लागेकाे थियाे। उनले आइतबार राति आफ्नाे सामाजिक सन्जालबाट आफूमाथि झुटो जाहेरी परेको, सन्चाे नभएर आइसाेलेसनमा रहेकाे चाँडै नेपाल आएरका कानुनी लडाइ लड्ने बताएका थिए ।

  • ११ किलो गाँजा सहित दुई जना पक्राउ

    भाद्र १९ आइतबार, काठमाण्डाै । काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डाैका अनुसार शनिबार धादिङबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बसमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले सवार गरेका यात्रुहरुलाइ चेक जाँच गर्दा दुई जनालाइ पक्राउ गरेको थियो। जसमा धादिङ गजुरी गाउँपालिका-१९ वर्षीय सुमन प्रजा र १८ वर्षीय सन्तोष प्रजाबाट ११ किलो गाँजा साथमा फेला पारेको थियाे। प्रहरी वृत्त थानकोटले घटनाको थप अनुसन्धानकाे लागि मुद्दा अघि बढाएको छ। थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको छ।

  • ठगी आरोपित होटल मेरियटबाट पक्राउ

    भाद्र १९ आइतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट भागेका एक जना ठगी आरोपितलाइ प्रहरीले होटल मेरियटबाट पक्राउ गरेका छन्। प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार बिहान साढे ८ बजे फ्लाइ दुबईको विमानबाट काठमाण्डाै आएका थियाे । उनलाई उपत्यका अपराध अनुसन्‍धान कार्यालयको प्रहरी टोलीले शुक्रबार राति १० बजे नक्सालस्थित मेरियट होटलबाट पक्राउ गरेको छ । आलम माथि पाइलट बनाइदिने भन्दै एक करोड ६८ लाख ठगी गरेको आरोप छ। काठमाण्डाै जिल्ला अदालतबाट उनीसहित ११ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणामा दुबईबाट अरब पार्लियामेन्टका उपसभामुख र नेशनल फेडरल काउन्सिलका सदस्य शुक्रबार बिहान काठमाण्डाै आइपुगेका थिए। आरोपित रिजवान आलम उनीहरूकाे दोभाषे बनेर आएका थिए।

  • मिटरब्याजी समस्या पहिचान र नियन्त्रणकाे लागि कार्यदल गठन

    श्रावण २७ शुक्रबार, काठमाण्डाै । मिटरब्याजी समस्या पहिचान र अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, साथै यस्तो समस्या भविष्यमा आउन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको खाणको सचिवालयले जानकारी दिएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्टा छन्। कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत गई समस्याका कारकहरू तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनिकरण गर्न अबलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस सहितको एक महिनाभित्र प्रतिवेदन पेश गर्ने लगायतका आदेश दिइएको छ।

  • भारतीय नागरिक अवैध विदेशी मुद्रा सहित पक्राउ

    श्रावण २२ आईतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्याम भाइ पटेललाई पक्राउ गरिएकाेछ । भारतीय नागरिक पटेल शनिबार फ्लाई दुबईको जहाजबाट अवैध रूपमा विदेशी मुद्राकाे लिइ दुबई जान लागेका थिए। उनीसँग तीन हजार छ सय एक अमेरिकी डलर, दुई हजार एक सय तिस पाउन्ड स्टर्लिङ, तीन हजार चार सय युरो, चार हजार चार सय पैसठी दिराम र चार हजार छ सय पचास केन्या स्टर्लिङ फेला परेको थियो। प्रहरीले उनीहरूलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाएको छ।

  • राजस्व छली कच्चा सुर्ती ल्याइ भण्डारण गर्ने चारजना पक्राउ

    श्रावण १९ बिहिबार,काठमाण्डाै । भारतबाट राजस्व राजस्व छली कच्चा सुर्ती ल्याइ भण्डारण गर्ने कार्यमा संलग्न चारजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न व्यक्तिहरु पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बर्ष ५६ काे पोष्टराज गौतम, बर्ष ५३काे सुरेश पोख्रेल, बर्ष ४४ काे दिनेश चौधरी र बर्ष ३८काे अरबिन्द अग्रवाल रहेका छन् । राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुईवटा गोदाम र अफिस तलासी गर्दा राजस्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २०० केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो ।

  • चिनियाँ नागरिकलाई अपहरण गर्ने पक्राउ

    श्रावण १९ बिहिबार,काठमाण्डाै । काठमाडौंमा एक चिनियाँ नागरिक सहित एक नेपाली नागरिकलाई अपहरण गरिएकाे थियाे । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अपहरण गर्ने कसुरमा दुई जना प्रहरीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा आरूघाट गापा–७ घर भई काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरूङ, धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरूङ र सर्लाही लालबन्दी नपा–११ घर भई मित्रनगरस्थित सिन्धुली गेष्ट हाउसमा बस्ने २१ वर्षीय रोहित मगर ,प्युठान नपा–८ बागदुला घर भई मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरी गापा–६ घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका–१० घर भई बालाजु बस्ने २८ वर्षीय शिव सुनार रहेका छन्। जसमा कर्ण बहादुर र शिव पेशाले हवलदार हुन ।

    केही व्यक्तिहरूले २६ वर्षीय सूर्यबहादुर राईलाई लाजिम्पाटको खरेल टोलस्थित रहेको एउटा घरमा लगेका थिए, केहि काम छ र आफुहरु प्रहरी हाै भनेका थिए। उनी दोभासे हुन्। त्यस्तै चिनियाँ नागरिक याङ याङ नाम गरेका व्यक्तिलाइ पनि काम छ भनि बाेलाएका थिए। करिब एक घन्टापछि चिनियाँ नागरिकलाई सुरक्षित लग्ने भए एक करोड रुपैयाँ लिएर आउनू भनेर अर्का चिनियाँसँग फिरौती मागेकाे थियाे । तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोली, मातहत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्‍ज, मालीगाउँसमेतलाई पनि अलर्ट गरिएको थियो। प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मध्यराति पौने १२ बजे अपहरणमा परेका याङ याङ र सूर्यबहादुर राईलाई काठमाडौं–२६ स्थित नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्युठान होटल एन्ड लजबाट उद्धार गरिएकोछ । साथै प्रहरीले घटनामा संलग्न ६ जनालाई पनि नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले आठ लाख १४ हजार ९०० रुपैयाँ, एउटा हतकडी र २६ वटा मोबाइल फोन बरामद गरेको छ ।

  • उपसचिव प्रमाेद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ

    श्रावण १७ मंगलबार, काठ्माण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख खुस रकम र स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ गरी साढे २२ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि लाइसेन्स उपलब्ध गराइदिने भनि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाकाे आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको मनकामना मार्गस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँ बरामद गरि जम्मा साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका हुन् ।

  • गौतमश्री सहकारीका सन्चालक गायब

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । काठ्माण्डाैको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सन्चालक बचतकर्ताको पैसा लिएर गायब भएका छन् ।  सहकारी एक हप्ता विदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सन्चालक गायब भएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिस्टले फोन स्विच अफ गरि बसेकाे अवस्था छ । सहकारी २३ वर्षदेखि सञ्चालनमा रहेकाेछ । सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका छन् । 

  • विधुतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न चारजना पक्राउ

    श्रावण १२ बिहिबार, काठ्माण्डाै । काठमाडौं महानगरपालिकाे ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि सहित चारजना छन्, अरु तिन जना व्यक्तिहरुकाे जानकारी भने आउनु बाँकि नै छ ।

    प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग गरिएको ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ मूल्यबराबरको एनसेलको रिचार्ज कार्डसहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ ।

  • रिसकाे झाेकमा श्रीमतीको हत्या

    श्रावण १२ बिहिबार, बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ डेलरका यमबहादुर थापा क्षेत्रीले रिसकाे झाेकमाा आफ्नाे श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेकाे आराेपमा प्रहरीले उनलाइ पक्राउ गरेकाे छ । सावित्रीको शव बुधबार बिहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो । मृतक सावित्री आफ्नाे पति र छाेराकाे साथमा बस्दै आएकाे थियाे । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मृतक सावित्रीको शरीरकाे विभिन्न भागमा निलडाम र टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा भेटिएको र कोठामा रगत बगेको भेटिएकाे थियाे । अनुसन्धानकाे क्रममा यमबहादुरले पैसा चोरी गरेको आरोपमा श्रीमतीको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनुभन्दा अघिल्लो दिन मंगलबार साँझ मादक पदार्थ सेवन गरी सुतेका यमबहादुरले रातको २ बजे दराजमा राखेको पैसा गन्दा एक हजार रुपैयाँ कम भेटिएपछि श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार यमबहादुरले आफूसँग नसोधी पैसा निकालेको भन्दै कोठामा रहेको खाटको खुट्टा र भित्तामा टाउको ठोक्काइ र कुटपिट गरेपछि सावित्रीको मृत्यु भएको बताएका छन् । क्षेत्रीमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिने बताएका छन् ।

  • कैदीबन्दी रामलखन जैसवालकाे मृत्यु शंकास्पद नभएको

    असोज ७,काठमाण्डाै । गत असोज ३ गते राति ११ः ५५ बजे कैदीबन्दी रामलखन जैसवालको मृत्यु कारागारमा भएकाे थियाे । आज भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बास्कोटाले जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको हाे ,सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा भने जस्ताे शंकास्पद नभएको बताएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, घाँटी काटिएको र शरीरका विभिन्न भागमा चोटपटक लागेको, जस्ता भ्रमक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाे छ । उनले कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको बताएकाेछ । पोष्टमार्टम रिपोर्ट पछि सबै कुरा थाहा हुने बताए । 

    वीरअस्पतालमा पीसीआर परीक्षण र पोष्टमार्टम गर्न लगिएकाे मा शव उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा गर्मी मौसम भएकाले शव सुनिएकाे, फोका आएकाे, विभिन्न भागमा दाग देखिएको जेलर बास्कोटाले बताए । त्यस्तै वीरअस्पतालका फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठका अनुसार शव तीन दिनपछि सुन्निएको, फोकाहरु देखिएको र सुन्निएर चिन्नै नसकिने अवस्था भएको हाे, साथै अन्य थप कुराहरू पोष्टमार्टम काे रिपाेर्ट आएपछि थाहा हुनेछ ।