Category: आर्थिक

  • २८०० विन्दु छोएर फर्कियो नेप्से, कारोबार रकम २१ अर्ब ७१ करोड नाघ्याे

    २८०० विन्दु छोएर फर्कियो नेप्से, कारोबार रकम २१ अर्ब ७१ करोड नाघ्याे

    श्रावण १७ बिहीबार, काठमाण्डाै । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०० विन्दु छोएर फर्किएको छ। यस दिन कारोबार अवधिमा नेप्से परिसूचक २८०५.५७ विन्दुसम्म पुगेको थियो। तर दिनकाे अन्त सम्ममा नेप्से परिसूचक ५.३१ अंक घटेर २७५५.६० विन्दुमा झरेको छ।

    त्यस्तै यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन २१ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ पटकको कारोबारमा २ लाख २९ हजार पटकको कारोबारमा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    बिहीबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटि होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावरलगायतका स्टकहरुमो मूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ।

  • नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात

    नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात

    श्रावण १७ बिहीबार, काठमाण्डाै । नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत २०८०/८१ आवमा आयात भएको खाद्यान्न (चामल, मकै, गहुँ र धान ) अघिल्लो आव २०७९/०८०का तुलनामा करिब ५० करोडले बढी मूल्यको रहेकाे छ ।

    भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार गत आवमा चामल मात्रै चार अर्ब १२ करोड २६ लाख ६९ हजारको तीन लाख ३ हजार ३४० क्विन्टल आयात भएको र यसबाट ४७ करोड २७ लाख २२ हजार राजस्व सङ्कलन भएको बताउनुभयाे । साथै अघिल्लो आव २०७९/०८० मा चार अर्ब ७३ करोड ६० लाख ११ हजारको ४७ हजार ३६० क्विन्टल चामल आयात भएको थियो । आव २०७९/८०माभन्दा आव २०८०/८१ मा चामल आयातमा मूल्यमा कमी आए पनि परिमाणमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार कार्यालयबाट गत आवमा ५३ करोड ४१ लख ८७ हजारको धान आयात भएको छ । आव २०७९/८० मा १५ करोड ६१ लाख ८७ हजारको धान आयात भएको थियो ।

    यसैगरी, आर्थिक वर्ष २०८०/०८१ मा दुई अर्ब चार करोड १८ लाख १५ हजारको मकै भारतबाट आयात भएको छ भने आव २०७९/८० मा दुई अर्ब ९ करोड ९९ लाख ९५ हजारको मकै आयात भएको थियो । त्यस्तै गत आवमा ८४ करोड ९१ लख ९३ हजारको गहुँ आयात भएको छ भने आव २०७९/८० मा ११ करोड ४१ लख ८८ हजारको मात्रै गहुँ आयात भएको थियो ।

  • विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड साढे १२ महिनाको वस्तु आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड साढे १२ महिनाको वस्तु आयात धान्ने

    असार २६ बुधबार, काठमाण्डाै । नेपालको विदेशी विनिमय (विदेशी मुद्रा) सञ्चिति खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०८०/८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ जेठ मसान्तमा आउँदा २७.८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

    प्रस्तुत प्रतिवेदनमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको देखाएकाेछ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले  जनाएको छ ।

    साथै हाल मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १२.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

  • राष्ट्र बैंकद्वारा समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँच बुँदे सुझाव

    असार २४ साेमबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभयो ।

    बैठकमा गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गर्नुभएको थियो । जसमा पहिलो चरणमा रु एक लाखसम्म, दोस्रो चरणमा रु पाँच लाखसम्म र तेस्रो चरणमा रु पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने बताउनुभयो । उनका अनुसार समस्या समाधान गर्न सबभन्दा पहिले ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा अपनाइएका तरिकाका आधारमा अघि बढ्न सकिने र भूगोलको सीमा नराखी कारोबार गरेका सहकारीका विषयमा आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभयाे।

    त्यस्तै सहकारीलाई नियमन गर्ने निकायको स्थापना गरिनुपर्ने, सहकारी स्वनियममा चल्छन् भनी छोड्न नहुने, ऋणीका बारेमा सहकारीलाई कुनै जानकारी नहुने गरेकाले त्यो समस्या समाधानको उपाय विषय निश्चित गर्न पनि विज्ञले सुझाएका थियाे ।

    कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिलचन्द्र अधिकारीले कर्जा सूचना केन्द्रमा एकीकृत सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने र विद्यमान स्थितिमा एउटै केन्द्रले काम गर्न सकिने, साथै यसका लागि आवश्यक कानुनी व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

    बैठकमा बीमा र सहकारीका विषयमा छुट्टै सूचना केन्द्र स्थापना गरिनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष सुनील केसीले सहकारीको जस्तो समस्या अरू वित्तीय संस्थामा पनि आउनसक्ने तर्फ सचेत गराउँदै त्यसअघि नै छिटो समस्या समाधान गरिनुपर्ने बताउनुभयो ।

    अघिल्लो सहकारी सुझाव कार्यदलका संयोजक डा जयकान्त राउतले सुझाव कार्यान्वयन नभएकैले सहकारी क्षेत्रमा समस्या बढ्दै गएको बताउनुभयो । सहकारीको मूल्यमान्यता र सिद्धान्तका आधारमा चलेका सहकारीमा समस्या नरहेको र सिद्धान्त विपरीत चलेका सबैजसो सहकारी समस्यामा रहेको जानकारी दिनुभयो ।सहकारी क्षेत्रमा पनि ऋण असुली न्यायाधिकरणको स्थापना गरिनुपर्ने पनि विज्ञहरूको राय थियो । 

    बैठकमा सभापति थापाले सरकारले पीडित बचतकर्तालाई पैसा दिन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल भई नसकेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा रु पाँच लाखसम्म बचत हुनेलाई फिर्ता गर्ने विषय उल्लेख भई आएपछि केही सहकारीले बचत टुक्रा बनाएर रु पाँच लाखभन्दा कम बनाउने बदमासी गर्न थालेको सूचना पनि समितिले पाएको त्यसअवसरमा जानकारी गराइएको थियो ।

    समितिको भोलिको बैठकमा सहकारी विभागको रजिष्ट्रार भई २०४८ पछि काम गरेका अधिकारीहरूलाई बोलाइएको छ । त्यसपछिको बैठकमा सहकारी पीडितलाई बोलाएर छलफल गरिने जनाइएको छ ।

  • उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

    उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

    पुस १ आईतबार, काठमाण्डाै । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल नै भुक्तानी दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित हुनुहुन्थ्यो।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गर्नुभएको छ।

  • चार महिनामा विदेशी मुद्रा सञ्चिति १०‍‌.२ प्रतिशतले बृद्धि

    चार महिनामा विदेशी मुद्रा सञ्चिति १०‍‌.२ प्रतिशतले बृद्धि

    मंसिर २८ बिहीबार, काठमाण्डाै । चार महिनामा विदेशी मुद्रा सञ्चिति १०‍‌.२ प्रतिशतले बृद्धि भएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कार्त्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियाे । यसरी विदेशी विनिमय सञ्चितिमा १०‍‌.२ प्रतिशतले वृद्धि भइ रु १ खर्ब ५७ अर्ब ४२ करोड रुपैयाँ सञ्चिति थपिएको छ ।

    बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ । कूल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति रु १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ । यस्तै बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्क बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्धि भई रु दुई खर्ब पाँच अर्ब ९५ करोड रहेको छ । गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत छ ।

    आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

  • रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेकाे -उपप्रधानमन्त्री पौडेल

    रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेकाे -उपप्रधानमन्त्री पौडेल

    माघ ८ आइतबार, काठमाण्डाै । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ । शनिबार राती प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण तयार पार्नकालागि सरकार तत्पर रहेको बताउनुभयो । 

    मन्त्री पौडेलेका अनुसार रेमिट्यान्सकाे ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेकाे छैन । तर सरकार लिगल च्यानलबाट रेमिट्यान्स भित्राउनका लागि लिनुपर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरू अघि सार्न तयार रहेकाे बताउनुभयाे । उनले कार्यक्रममा रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गराउन नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरूलाई परिमार्जन र सुधार गर्दै जाने पनि बताउनुभयो । 

    साथै कार्यक्रममा गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै गैरआवासीय नेपालीहरूको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा रहेकाे व्यवस्था अनुसार गर्न तयारि गरेकाे बताउनुभयाे । यसबाट सहज ढंगमा नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ बताउनुभयाे । साथै वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीहरूलाई विदेशी नागरिक सरह लिएको विषयप्रति ध्यानाकर्षण गराएको र त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीहरूले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै मन्त्री पौडेलले गैरआवासीय नेपालीहरूको नागरिकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रमका उपस्थित अन्य सहभागीहरूले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतका कुरामा जोड दिनु पर्ने सुझाव दिनुभएको थियो ।

  • नेपाल राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन

    पुष २० बुधबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । प्रवक्ता गुणाकर भट्टका अनुसार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनका लागि सरकार र राष्ट्र बैङ्कलाई निजी क्षेत्रबाट चर्को दबाब थियो । राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अप्ठ्यारा छन् भनेर बैङ्क तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । चालु पुँजी कर्जाको समयसीमा र कर्जा रकमको सीमा व्यवस्थापनसँग सम्बन्धित विषयमा संशोधन भएको उहाँको भनाइ छ । यो मार्गदर्शन कार्यान्वयनमा आउनुभन्दा अघि कुनै ऋणीले साबिकको व्यवस्थाअनुसार तोकिएको सीमाभन्दा अधिक कर्जा उपयोग गरिरहेको भएमा त्यस्तो ऋणलाई आवधिक कर्जाका रुपमा कायम गरेर समायोजन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यसरी समायोजनपछि कायम हुन आउने आवधिक कर्जालाई पाँच वटा किस्तामा भुक्तान गर्नुपर्ने र त्यसको समयावधि २०८० असारदेखि शुरु भएर २०८२ असार मसान्तसम्म रहनेछ । तोकिएको सीमाभन्दा बढीको कर्जालाई आवधिक कर्जा मानेर यो समयभित्र भुक्तानी गर्न सकिने व्यवस्था संशोधित मार्गदर्शनमा राखिएको तर कुनै ऋणीले २०८२ असार अघि नै सबै ऋण भुक्तानी गर्न चाहेमा अग्रिम भुक्तानी शुल्क (प्रिपेमेन्ट चार्ज) नलिने पनि राष्ट्र बैंकले जनाएको छ ।

  • नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अव केही दिन मात्र बाँकी

    नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अव केही दिन मात्र बाँकी

    असाेज २६ बुधबार, काठमाण्डाै । नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अव केही दिन मात्र बाँकी रहेकाे नेपाल धितोपत्र बोर्डले जनाएकाे छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजार सञ्चालन गर्न नयाँ लाइसेन्स दिन सूचना जारी असोज २ गते आवेदन खुला गरेको थियो । बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ पाँचौँ पटक संशोधन गरि नयाँ ब्रोकरको लागि लाइसेन्स खुला गरेको हाे । नयाँ स्टक ब्रोकर लाइसेन्स लिने अन्तिम म्याद असोज ३१ गते रहेकाेले साे समय भित्र नै निवेदन दिइसक्नु पर्नेछ । तर स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि आगामी कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरको न्यूनतम चुक्ता पुँजी कामको प्रकृति हेरेर २० करोडदेखि १५० करोड रुपैयाँसम्म तोकेको छ । बोर्डका अनुसार सामान्य शेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपैयाँ चाहिने भएको छ त्यस्तै मार्जिन लेन्डिङ, एडभाइजरी सेवा समेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपैयाँ र आफ्नै नाममा शेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ ।

  • विधुत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि कोशेढुंगा हाे -कुलमान घिसिङ

    विधुत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि कोशेढुंगा हाे -कुलमान घिसिङ

    असाेज २५ मंगलबार, काठमाण्डाै । विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विधुत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि कोशेढुंगा रहेकाे बताएका छन् । निर्देशक घिसिङका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विधुत भारतमा निर्यात गरी ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको छ । उनका अनुसार मंगलबारसम्म भारतमा एक अर्ब ३० लाख युनिट विधुत निर्यात भएको छ । नेपाल विधुत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विधुत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे अहेड बजारमा बिक्री सुरु गरेको थियो । प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसामा विधुतको निर्यात गरिएको छ । साथै नेपालले भारतसँगको विधुत व्यापारबाट भारतीय रुपैयाँ ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्राएको छ ।

  • अभियान लघुवित्तको आईपीओमा झन्दै २४ गुणा बढी आवेदन

    श्रावण २२ आईतबार, काठमाण्डाै । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अभियान लघुवित्तको आईपीओमा झन्दै २४ गुणा बढी आवेदन परकाे छ । कम्पनीको आईपीओमा २३.७१ गुणा बढी आवेदन परेको हो । आइतबार साँझ ५ बजेसम्म २० लाख ४३ हजार २० जनाले दुई अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको दुई करोड ३१ लाख १६ हजार १९० कित्ता आईपीओका लागि आवेदन दिएका छन् । कम्पनीले श्रावण १८ गतेदेखि ९ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । यसकाे बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

  • सवारी साधनकर वापत बदी राजश्व संकलन : श्याम बहादुर लिम्बु

    श्रावण २१ शनिबार, काठमाण्डाै । यातायात व्यवस्था कार्यालय उदयपुरले यस आर्थिक वर्ष २०७८/७९ मा सवारी साधनकर वापत बदी राजश्व संकलन गरेकाे जानकारी दिएकाे छ । कार्यालय प्रमुख श्यामबहादुर लिम्बुका अनुसार कार्यालयले यस आर्थिक वर्ष २०७८/७९ को असारसम्म साढे १० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । यातायातक्षेत्र, अन्य प्रशासनिक सेवा, व्यवसाय रजिस्ट्रेशन, चालक अनुमतिपत्र, सवारी दर्ता, प्रशासनिक दण्ड, जरिवाना र जफत तथा सवारी साधन करलगायत शीर्षकमा १० करोड ६१ लाख ५३ हजार २ सय ६० रुपैंया राजश्व संकलन गरेको हो ।

    कार्यालय प्रमुख लिम्बुका अनुसार सबभन्दा बढी राजश्व सवारी साधन करवापत संकलन भएको छ। दोस्रो ठूलो राजश्व यातायातक्षेत्र शीर्षकमा संकलन भएकाेछ । त्यसतै अन्यमा प्रशासनिक सेवा शूल्क, परीक्षा शूल्क र प्रशासनिक दण्ड, जरिवाना र जफत गर्दा उठेको बताए। उदयपुर यातायात कार्यालयमा आर्थिकवर्ष ०७८/७९ मा बिभिन्न साधनहरु जम्मा ८ हजार ५ सय ५८ वटा दर्ता गरेको अभिलेख छ । जसमा सबभन्दा बढी मोटरर्साइलकल ६ हजार ६ सय ९७ दर्ता रहेका छन्। स्कुलट १ हजार १ सय ३८ वटा दर्ता रहेका छन् । पेट्रोल टेम्पो ४ सय ५३, इरिक्सा ७१, टिपर ४४, ट्रक ४०, जीप ३३, बस २७, ट्याक्टर १५, पिकअप १४, कार ९, भने एम्बुलेन्स ४–४ वटा दर्ता भएको यातायातमा मिनी ट्रक, ट्यांकर र कन्टेनर २-२ वटा दर्ता रहेका छन्। स्काभेटर भने एउटा मात्र दर्ता रहेको अभिलेख कार्यालयमा रहेको प्रमुख लिम्बुले बताए। कार्यालयको आम्दानी हुने स्रोतहरु सवारी दर्ता, ठाउँ सारी, हेरफेर, पुनः दर्ता, लगत कट्टा, नविकरण, दर्ता प्रमाणपत्र स्थगित, रुट इजाजत जारी, रुट नविकरण, रुट लगत कट्टा र रुट स्थगित, सवारी जाँचपास, प्रतिलिपि जारी, सवारी अनुमतिपत्र जारी, रुट इजाजत र पञ्जीकरणवापत राजश्व लिने गरेको छ।

  • भारतले अरुण तेस्रोको बिजुली किन्ने

    श्रावण २१ शनिबार, काठमाण्डाै । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ । उक्त बिजुली भारतले किन्ने भएकाे छ । सतलज जलविद्युत् विकास निगम अन्तर्गतको एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले बनाउने आयोजनाको बिजुली पीटीसी भारतले किन्ने भएको छ । एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र पीटीसी इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भई सकेको छ ।

  • सिटिजन्स बैंककाे काठमाडौं उपत्यकामा थप तीन शाखा बिस्तार

    श्रावण १२ बिहिबार,काठ्माण्डाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकामा थप तीनवटा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही, ललितपुरको थसिखेल र भक्तपुरको सूर्यविनायकमा तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे नयाँ तीन शाखा सञ्चालनमा आएसँगै अब उपत्यकामा बैंकको शाखाहरू ३५ वटा र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरू पुगेको छ ।

  • नेपाल धितोपत्र बोर्डकाे आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक

    श्रावण १२ बिहिबार, काठ्माण्डाै । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालका अनुुसार बोर्डले चार खम्बे नीति अवलम्बन गरी बिहीबार धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित विकासका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यसमा संस्थागत नियमन क्षमता अभिवृद्धि, नियमन निकायको ‘वाच डग एजेन्सी’ भूमिका सशक्तीकरण, बजारको सन्तुलन तथा विस्तार र बजार पारदर्शिता तथा ‘मेरिट बेस’ प्रणालीको विकास जस्ता बजार सुधारका नीति अवलम्बन गरिएको छ ।

    चालु आवको नीति तथा कार्यक्रममा पहिलेकाे आवको नीति तथा कार्यक्रमलाइ नै निरन्तरता दिइ केही नयाँ बुँदा थप गरिएको छ । यसमा नयाँ स्टक डिलर थप्ने, नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तथा नेपाल स्टक एकस्चेञ्ज र सीडीएस एन्ड क्लिएरिङ को सेयर संरचनामा सुधारका लागि सहजीकरण गरिने भन्ने कुराहरु समेटिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई १० प्रतिशत आईपीओ आरक्षण गर्ने नीति तर्जुमा गरिने र साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्लेटफर्मका लागि आवश्यक व्यवस्था गरिने भन्ने कुरा पनि थप गरिएको छ ।

    त्यस्तै व्यापक बहसमा रहेको वस्तु विनिमय बजारलाई प्रभावकारी बनाउनका लागि आवश्यक कदम चाल्न पनि नीति तथा कार्यक्रममा समेतिएकाे छ । कमोडिटी एक्सचेन्जलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि बोर्डले आगामी दिनमा आवेदन खुला गर्ने पनि उल्लेख गरेको छ । बोर्डले धितोपत्र बजार विस्तार र विकासका लागि भन्दै प्रत्येक वर्ष नीति तथा कार्यक्रमा सार्वजनिक गर्ने गरेको छ ।

  • निर्माण सामग्री र ढुवानीमा कृत्रिम अभाव गरी अत्यधिक मूल्यवृद्धि

    १३ जेठ,काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्री र ढुवानीमा मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गरिएका प्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माणमा खटिएका व्यवसायी कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गर्नु भएको हो । बन्दाबन्दीअघि भन्दा सिमेन्ट प्रति बोरा रु ८० देखि रु १२० र रड प्रति केजी रु १० देखि रु १५ सम्म मूल्यवृद्धि भएको जानकारी महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दीअघिको मुल्यभन्दा डेढ गुणा बढी मुल्यवृद्धि भएको महासङ्घले जनाएको छ । विश्व बजार सहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य हुन नसक्ने महासचिव दाहालले बताउनुभयो ।

    कोरोना सङ्क्रमणका कारण काम गर्न समस्या भइरहेको समयमा मुल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा समस्यामा परेको उहाँको भनाइ छ । सिङ्गो मुलुक र विश्व नै कोरोना सङ्क्रमणका कारण आक्रान्त भइरहेको अहिलेको जटिल समयमा हचुवाको भरमा कृत्रिम रुपमा गरिएको मूल्यवृद्धिको कारण विकास निर्माणमा थप लागत बढ्न गई सरकारलाई नै आर्थिक भार पर्न जाने ठहर महासङ्घले गरेको छ । केही व्यक्तिले फाइदा उठाउन गरिएको मूल्यवृद्धिलाई तत्काल नरोके विषम परिस्थितिमा काम नभई ‘ओभरहेड’ खर्च मात्र बढ्ने महासङ्घले जनाएको छ । बन्दाबन्दीको समयमा अति आवश्यक सेवा र कोभिड–१९ सँग सम्बन्धित बाहेकका खरीद प्रक्रियाका बोलपत्र सामान्य अवस्थामा फर्केको सात दिनसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था हालसम्म लागू नभएकाले त्यसका लागि पुनः सम्पूर्ण सार्वजनिक निकायसमक्ष अनुरोध गरेको महासङ्घले जनाएको छ ।

  • कोरोनापछिको आर्थिक अवस्था उकास्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने

    १३ जेठ, लुम्बिनी ।   कोरोना भाइरसका कारण देशमा परेकाे आर्थिक सङ्कटबाट पार पाउन र याहाँका पर्यटन तथा औद्योगिक क्षेत्रलाई उकास्न बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र भैरहवा क्षेत्रका उद्यमीबीच भएको ‘कोर्भिड –१९ ले पारेको असर र त्यसपछिको उद्यम’ का विषयमा अनलाइन छलफलमा कृषिमा व्यावसायिकता आवश्यक रहेकाे, किसानका लागि सस्तो र सुलभ ऋण सञ्चालन गर्न जोड दिँदै प्राविधिक खेतीको बीमा जरुरी भएको , आगामी बजेटमा कोरोनाको कारण बाहिरबाट स्वदेश फर्केकाहरुलाई कृषि उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउन लागिएको तथा बाँझा जमीन उपयोग गर्ने र चक्लाबन्दीमा लैजाने कुरामा बजेट केन्द्रित गर्ने तयारी गरिएकोछ भनी छलफलमा मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ पहाडमा ३० प्रतिशत बाँझो जमीन छ, तराईमा पनि ठूलो ठूलो बगरको जमीन छ , ती जमीनमा फलफूल वा मौसमी तरकारी गर्न सकिन्छ ।

    मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसतर्फ केन्द्रित गरेर बाँझो जमीन उपयोग गर्नेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले उन्नत बीउ र मल, सिंचाइ र प्रविधिको व्यवस्थापन मिलाएर सहकारीको ढाँचामा कृषिलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । महासङ्घका अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले लकडाउनका कारण खाद्य उद्योग पनि पूर्ण क्षमतामा चल्न नसकेको बताउनुभयो । अनलाइनमार्फत जुम एपमा भएको छलफलमा कोरोनापछिको भरपर्दो उद्यम कृषि नै भएको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरका सल्लाहकार जीवलाल अर्यालले बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले किसानलाई सहयोग हुने गरी ठोस नीतिसहितको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारले तत्काल बीउ र मलखादको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । उद्यमी अरुण गोयन्काले कोरोनापछिको आर्थिक अवस्था उकास्ने कृषि नै भएको तर्क गर्नुभयो । भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष कृष्णप्रसाद घिमिरेले भन्सारबाट निर्बाध रुपमा हरियो तरकारी आयात भइरहेको अवगत गराउनुभयो ।

  • विश्व बैंकद्बारा भूकम्पपछि बस्ती पुनर्निर्माणलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग

    माघ २३, बिहीबार, काठमाण्डाै। नेपाल सरकारलाई विश्व बैंकले रु २२ अर्ब ८२ करोड ऋण सहयोग दिने भएको छ । भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न काे लागी साे ऋण सहयोग दिने भएको हाे । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले बैंकले ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ ।

    सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकाेमा हार्दिक आभार व्यक्त गर्नुभयो ।