राजनीतिक इतिहासमा नयाँ मोड, बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ शुक्रबार‚ काठमाण्डौ। देशको राजनीतिक इतिहासमा नयाँ मोड ल्याउँदै बालेन्द्र (बालेन) शाह नेपालका प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच उनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, प्रमुख राजनीतिक दलका नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय गानको धुनसँगै सुरु भएको कार्यक्रममा बालेन शाहले संविधानप्रति पूर्ण निष्ठा राख्दै देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

शपथ ग्रहण समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाउँदै ७ शंखनाद गरिएको थियो। साथै १०८ बटुकद्वारा स्वस्तिवाचन र १०८ बौद्ध भिक्षुहरूद्वारा अष्टमंगल पाठ गराइँदा कार्यक्रम झन् गरिमामय बनेको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार स्वतन्त्र छवि बनाएका बालेन शाहको उदयले परम्परागत राजनीतिक संरचनामा परिवर्तनको संकेत दिएको छ। देश बिदेशमा रहेका नेपालीहरूले तथा अन्य बिशिष्ठ व्यक्तिहरु ले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वप्रति आशा व्यक्त गरेका छन्।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.