कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने – सभापति थापा

चैत १० म‌ंगलबार‚ काठमाण्डौ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने बताउनुभयाे ।

साथै पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रतिकूल अवस्थामा निर्वाचनमा भएको र निर्वाचन परिणामपश्चात् जबाफदेही भएर आफुले सभापति पदबाट राजीनामा दिएको पनि बताउनुभयो ।

उहाँले सुशासनका सन्दर्भमा नागरिकको अब बन्ने सरकारसँग धेरै अपेक्षा रहेको बताउनुभयो । अब २०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गर्न आयोग बनाएर जानुपर्छ। साथै अख्तियारको दुरुपयोग, नीतिगत भ्रष्टाचारको विषयमा प्रस्ट छानबिन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.