चैत १० मंगलबार‚ काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे केन्द्रीय समितिको बैठक बिहीबार हुने भएकाे छ । यस बैठकमा संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्ने जनाएकाे छ ।
प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह चैत १२ गते अपराह्न २ः०० बजे हुने भएकाे छ । रास्वपाले साेहि दिन दिउँसो ४ः०० बजे संसदीय दलको नेतासम्बन्धी विषयमा छलफल गर्न बैठक बोलाएको हाे।
रास्वपाका पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेकाे अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएकाे छ । यस बैठकमा विविध विषयमा महत्वपुर्ण छलफल हुने भएकाेले सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको पनि बताउनुभयाे ।
रास्वपाले २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको छ ।

Leave a comment