फागुण २५ साेमबार‚ काठमाण्डौ। नेपाली शेयर बजारका लगानीकर्ताहरू उत्साहित हुँदा नेप्से पसिूचकमा उच्च वृद्धि भएको छ । निर्वाचनको मतगणना परिणामका आधारमा अबका ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षा साथ शेयर बजारमा लागानीकर्ताहरु उत्साहित देखिएको छ ।आज शेयर बजारमा तीन पटकसम्म सर्किट ब्रेक लागेर कारोबार अवधि भन्दा अगाडि नै शेयर कारोबार स्थगित भएको थियाे।
प्रि ओपनमा नै साढे १ प्रतिशतभन्दा बढीले बढेको नेप्से, नियमित बजार खुल्ने बित्तिकै तीव्र गतिमा बढेर ११ बजेर १ मिनेटमा नै ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो । २० मिनेट पछि खुलेको बजारमा नेप्से बढ्ने क्रमले निरन्तरता पाउँदा ११ बजेर २१ मिनेट १३ सेकन्डमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित भयो । दोस्रो सर्किटपछि १२ बजेर १ मिनेट १३ सेकेन्डमा खुलेको बजारमा नेप्सेले पुनः तिव्रं गतिमा बढ्ने क्रमलाई निरन्तरता दिएपछि १२ बजेर १ मिनेट ३७ सेकेन्डमा तेस्रो सर्किट लागेर सोमवारका लागि शेयर कारोबार बन्द भएको थियाे । यसरी सोमबार नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्क बढेर २८७५ दशमलव ४४ विन्दुमा पुगेको हाे ।

साेमबार २६१ कम्पनीहरूका ४ हजार ५१ पटकको कारोबारमा ११ करोड ४३ लाख ७६७ कित्ता शेयरहरू ५५ करोड ५९ लाख ६४ हजार रुपैयाँमा किनबेच भएकाेछ । आज कर्पोरेट डेभलपमेन्ट बैङ्क, शिवश्री हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने ८ कम्पनीहरूको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै १२ स्टकको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य मात्र १ दशमलव ४९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आजकाे दिन नारायणी डेभलपमेन्ट बैङ्क शीर्ष स्थानमा रहेको छ । बैङ्ककाे आज ३ करोड १३ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट्सको २ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको २ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Leave a comment