माघ २९ बिहिबार‚ काठमाण्डौ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत खेलमा इटालीद्वारा नेपाल पराजित भएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको हो ।
नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियाे । खेलमा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाएकाे थियाे । नेपालकाे लागि रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडेकाे थियाे । दीपेन्द्र सिंह ऐरी १७ रनमा आउट भए भने करण केसी १८ रनमा अविजित रहे ।
नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा गर्यो । इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी गरेकाे थियाे । एन्थोनीले ६२ रन बनाउँदा जस्टिन मोस्काले ६० रन बनाएकाे थियाे ।
समूह ‘सी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल इग्ल्याण्डसङ ४ रनले पराजित भएको थियो । यस लगातार हारसँगै नेपालको सुपर एट मा पुग्ने सम्भावना कमजोर बनेको छ । यता इटालीको भने यो पहिलो जित हो । इटाली आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

Leave a comment