माघ २८ बुधबार‚ काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र धमाधम छपाईदैछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापी रहेको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा आज बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको बताउनुभयाे।
उहाँका अनुसार शुक्रवार साँझसम्म सबै मतपत्र छपाइ गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ढिलोमा शनिवारसम्म मतपत्र छपाइ सकिनेछ। साथै उम्मेदवार धेरै भएको जिल्लामा ठुलो आकार र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने भएकाेले केही समय छपाइमा ढिलाइ भएको हाे ।
प्रबन्ध सञ्चालक पौडेलका अनुसार केन्द्रले बिहीबारदेखिनै छापी सकेको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने र फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने बताउनुभयो ।

Leave a comment