मंसिर १६ मंगलबार, काठमाण्डाै। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा आज भएकाे खेलमा पोखरा एभेन्जर्स ३४ रनले विजयी भएकाे छ । पोखरा एभेन्जर्ससँग पराजित भएपछी कर्णाली याक्स एनपिएलबाट बाहिरिने पहिलो टोली बनेको छ ।
पोखराले पाँच खेलबाट चार अङ्क पुर्याएको छ । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै प्राप्त गर्न सफल भएकाे छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनाएकाे थियाे । पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरेकाे छ।
खेलमा २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । कर्णालीकालागि मार्क वाटले सर्वाधिक ५९ रन बनाएका थिए ।
आजकाे खेलकाे स्काेर यो जारी सिजनको नै दोस्रो उच्च स्कोर हुन पुग्याे । यसअघि विराटनगर किङ्ग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासमै उच्च थियाे ।


Leave a comment