चीन सरकारद्वारा राखेपलाई रु ८५ लाख बराबरका खेल सामग्री सहयोग

असार ३१ म‌ंगलबार, काठमाण्डाै । चीन सरकारद्वारा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई रु ८५ लाख बराबरका खेल सामग्री सहयोग गरेकाे छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा आज नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई करिब रु ८५ लाख बराबरका विभिन्न ३४ प्रकारका खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले यस सहयोगले थोरै भए पनि नेपाली खेलकुदको विकासमा टेवा पुग्ने बताउनुभयो ।

सचिव घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिनुभयाे ।

उहाँले प्राप्त सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै २० औँ एसियाली खेलकुद आउन थाेरै मात्र समय बाँकी रहेकाेले दृढ सङ्कल्पका साथ प्रशिक्षण अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.