मन्त्री डा राणा र महासचिव पाण्डेबीच भेटवार्ता

चैत २० बुधबार,काठमाण्डाै। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे बिच शिष्टाचार भेटवार्ता भएको छ । थाइल्याण्डको राजधानी बैंककमा छैठौँ बिमस्टेक समिटका लागि मन्त्री डा राणा र महासचिव पाण्डेबीच भेटवार्ता भएको हो ।

उक्त भेटका क्रममा मन्त्री डा राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिका रहेको नेपाल बिमस्टेकको सिद्धान्त तथा उद्देश्यप्रति प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

मन्त्री डा राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रसस्त विकल्प प्रस्तुत गर्नेमा आफू आशावादी रहेको बताउनुभयाे।

साथै उहाँले बिमस्टेक क्षेत्रमा जलवायु परिवर्तन, प्राकृतिक बिपत्ति, उर्जा सङ्कट, गरिबी, मानवको अवैध ओसारपसार, आतङ्कवादजस्ता कैयौँ समस्या विद्यमान रहेकाे र तिनको समाधानमा बिमस्टेकले सामूहिक सहकार्यको मोडललाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने पनि बताउनुभयाे।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.