स्वास्थ्य मन्त्रालय र तिलगंगा बिच सम्झौता

चैत ३ आइतबार,काठमाण्डाै। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल आँखा कार्यक्रम तिलगंगा बिच सहयोग आदानप्रदान सम्बन्धी सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो । यसले आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन सहयाेग मिल्ने विश्वास लिएकाे छ ।

यस सम्झौतामा मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ । साथै तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिकका लागि अधिक छुटमा उपलब्ध गराउने छ । यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउनेछ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.