चीनको छेन्दुबाट पोखरामा नियमित उडान

चैत ३ आइतबार,काठमाण्डाै। चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डले यस उडानद्वारा नेपाल र चीनबीचको हवाई सम्पर्क अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास राखेकाे छ । जसले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहजता रहने जानकारी दिनुभयाे।

साथै यसले चीन सरकारले गरेको घोषणा ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले गरेको घोषणा ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्‍याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.