विकृति, विसङ्गति एवम् कुरीति निर्मूल गर्दै मौलिक संस्कृति संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलाेस- राष्ट्रपति पौडेल

फाल्गुण २९ बिहिबार, काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले समाजमा रहेका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा मिलाेस भनी शुभकामना व्यक्त गर्नुभयो ।

होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन पर्वले योगदान पुर्‍याउने विश्वास रहेकाे बताउनुभयाे ।

उहाँले यस पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास लिएको छु बताउनुभयाे ।

होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ । काठमाण्डाैकाे वसन्तपुर मा रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.