फाल्गुण २९ बिहिबार, काठमाण्डाै । प्रतिकूल मौसमका कारण एक सातादेखि मुलुकको उडान प्रभावित भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएकाे छ ।
उनका अनुसार प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय हवाई उडान अझ बढी प्रभावित भइरहेको छ । किनकि नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तर्राष्ट्रिय उडानका जहाज होल्ड र मिस एप्रोच हुने गरेको बताउनुभयो ।

त्यसतै उहाँले अन्तर्राष्ट्रिय उडानका जहाज काठमाण्डौ विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘जिरो टु’बाट मात्रै अवतरण गर्नुपर्ने हुन्छ भने आन्तरिक उडानका जहाजलाई लामो रनवे भएकाले दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले त्यतिधेरै समस्या नरहेको जानकारी दिनुभयाे ।

Leave a comment