गड्याङ्गुडुङ सहित ठाउँ ठाउँमा वर्षा

फाल्गुण २८ बुधबार, काठमाण्डाै । देशका विभिन्न क्षेत्रमा गड्याङ्गुडुङ सहित वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको छ ।

मौसमविद् गोविन्द झा का अनुसार काठमाण्डाैमा पनि गड्याङ्गुडुङसहित अहिले वर्षा भइरहेको छ । पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको जसले गर्दा दैनिकी सकेर घर फर्कन लागेका नागरिकहरू प्रभावित भएका छन् ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.