फाल्गुण १८ आईतबार, काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब सरकारी अस्पतालले स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताउनुभयाे । इलाम अस्पतालको अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अनिवार्य रुपमा हुनुपर्ने बताउनुभएको हो ।

उहाँले अब चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट सरकारी अस्पताललाई नभएको बताउनुभयाे । साथै सरकार तथा स्वास्थ्य बिमा बोर्डले ताेकिएका ९८ प्रकारका औषधि अस्पतालमा अनिवार्य राख्न पनि आग्रह गर्नुभयो । उहाँले बिमा व्यवस्थापनमा केही समस्या भए पनि यसलाई सुधार गर्दै लैजान लागेको बताउँनुभयाे।
स्वास्थ्यमन्त्री पौडेलले चिकित्सकहरु सुगममा बस्न रुचाउने हुँदा दुर्गम जिल्लामा दरबन्दीअनुसारकाे नरहेकाे पाइएकाे छ। अब सरकारले जसलाई जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि बताउनुभयो ।
उहाँले अस्पताल तथा स्वास्थ्य चौकीहरूले पूर्वाधार र औजारका विषयमा आवश्यक्ता अनुसार मात्र मन्त्रालयमा माग गर्नुपर्ने बताउनुभयो । आवश्यकताअनुसार माग भए सम्बोधन गर्न सकिने उहाँको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने पनि बताउनुभयाे।

Leave a comment