फाल्गुण ११ आईतबार, काठमाण्डाै । काठमाण्डाै-तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेकोछ ।
नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा कुल ७०.९७७ किमी दूरीको उक्त आयोजना अन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेकाे आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिनुभयाे।
उहाँका अनुसार अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्व तयारीका कार्य भइरहेको विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षा अनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको पनि बताउनुभयो ।
साथै आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद पनि टुङ्गि नसकेको बताउनुभयाे । उनले राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने पनि बताउनु भयो।
प्रमुख शाहका अनुसार नेपाली सेनाको व्यवस्थापनमा अघि बढाइएको राष्ट्रिय गौरवका आयोजनामध्ये याे पनि एक सर्वाधिक महत्व बोकेको आयाेजना हाे। त्यसैले नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा यसलाई सम्पन्न गर्ने लक्ष्य लिएको पनि बताउनुभयो ।

Leave a comment