माघ २० आइतबार काठमाण्डाै। हरेक वर्ष झै माघ शुक्ल पञ्चमीका दिन ‘श्रीपञ्चमी’काे अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरेर मनाइयाे । आजका दिन विद्या, ज्ञान प्राप्तिको कामना गर्दै विधिपूर्वक देवीको पूजा, आराधना गरिने गर्छ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । साथै सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
यस दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । त्यसैले बिहानैदेखि लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, ललितपुर लेलेस्थित सरस्वती कुण्डलगायत राजधानीका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

Leave a comment