सभापति लामिछानेलाई धरौटीमा रिहा गर्नु – कास्की जिल्ला अदालत

पाैष २५ बिहिबार, काठमाण्डाै। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतका स्रेस्तेदार राजन खनालका अनुसार न्यायाधीश नितिज राईको इजलासले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादीहरु सभापति लामिछाने सहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हाे ।

खनालका अनुसार इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको बताउनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते सहकारीको रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने सहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.