पाैष १० बुधबार, काठमाण्डाै। लुम्बिनी कप राष्ट्रिय महिला फुटबल आगामी फागुन १९ गते देखि नेपालगञ्जमा हुने भएकाे छ । उक्त फुटबल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।
लुम्बिनी कपको लोगो मङ्सिर १६ गते सार्वजनिक गरिएकाे थियो जसमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झन्डाको रङ्ग निलो र सिम्रिक रातो प्रयोग गरिएको छ ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लुम्बिनी कप महिला फुटबल सञ्चालनको लागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बताउनुभयाे । उहाले यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू जन्माउने विश्वास व्यक्त गर्नुभयाे । साथै बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको पनि बताउनुभयो ।

Leave a comment