यु–१९ एसिया कपमा नेपालसँग अफगानिस्तान पराजित

मंसिर १८ मंगलबार, काठमाण्डाै। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ ।

दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै एक सय २३ रन बनाएकाे थियो । नेपालले एक सय २४ रनको लक्ष्य ४१ दशमलव तीन ओभरमा नौ विकेट गुमाएर पुरा गरेकाे थियाे ।

नेपालका लागि नरेन साउदले सर्वाधिक २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान नौ/नौ तथा सन्तोष यादवले सात रन बनाएकाे थियाे । साथै खेलमा नेपालले १२ अतिरिक्त रन प्राप्त गरेकाे थियाे । 

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.