कार्तिक २८ बुधबार, काठमाण्डाै। विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशन अनुसार वक्यौता बुझाउनु नत्र प्रक्रिया अनुसार प्राधिकरण अघि बढ्ने बताउनुभयाे ।
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुले वक्यौता नतिरे उद्योगहरूको लाइन पुन काटिदिने बताएका छन् ।
निर्देशक घिसिङका अनुसार प्राधिकरणले बक्यौता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीहरूले त्यसको सदुपयोग नगरेको जानकारी दिनुभयाे । प्राधिकरणले खपत अनुसारको बिल उद्योगलाई दिएको स्पष्ट पार्दै कार्यकारी निर्देशकले अहिले प्रिमियम शुल्क मात्रै उठाउन खोजिएको जानकारी दिनुभयो ।

Leave a comment