कार्तिक २८ बुधबार, काठमाण्डाै। नेपाल स्टक ब्रोकर एसोसिएसन र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल एक आपसमा मर्ज भएका छन। आज आयोजित एक कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभएकाे थियो ।
धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालका अनुसार दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालनमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्ने बताउनुभयो ।
त्यस्तै स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले एकीकृत प्रयासले पुँजी बजारको विकास र विस्तारमा महत्त्वपूर्ण सहयोग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

Leave a comment