राजस्व चुहावट नियन्त्रण गर्न निरीक्षण टोली गठन

भाद्र १६ आइतबार, काठमाण्डाै। अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुनअनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्ने बताउनुभयाे ।

दुइ मध्ये पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नुहुनेछ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख रहेकाे छ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.