भाद्र १५ शनिबार, काठमाण्डाै। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पाैडी खेलाडीको भविष्य उज्ज्वल बनाउन पौडी खेलको विकास र विस्तार गर्नुपर्ने बताउनुभयाे । नेपाल पौडी सङ्घले सातदोबाटोमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले बताउनुभएकाे हाे ।
पूर्वमन्त्री बस्नेतले पौडी जस्तो स्वास्थ्यका लागि महत्वपूर्ण खेललाई नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरिनुपर्ने र पौडी क्षेत्रका प्रशिक्षक र खेल पूर्वाधार विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे ।

सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले सङ्घले यस क्षेत्रका खेलाडीको क्षमता अभिवृद्धिका साथै संरक्षणका लागि ध्यानपूर्वक लागिरहेको बताउनुभयो । त्यस्तै सङ्घका महासचिव ईश्वर कार्कीले दिनहुँ पौडी खेल्न सक्दा मुटु र फोक्सो स्वस्थ रहने जानकारी गराउनुभयो ।

Leave a comment