नुवाकोटकाे निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा

भाद्र १५ शनिबार, काठमाण्डाै। नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ । गृहमन्त्री रमेश लेखकले कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको उद्घाटन गर्नुभएकाे हाे ।

गृहमन्त्री लेखकले विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारको रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने जानकारी दिनुभयो ।

कारागार भवन उद्घाटनको कार्यक्रममा कानून न्याय तथा मानव अधिकार समितिका सभापति बिलमा सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, महान्यायधिवक्ता रमेश बडाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र सिता मिजार, निमित्त गृहसचिव नारायणप्रसाद भट्टराई लगायतका व्यक्तिहरु उपस्थित थिए ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.