भाद्र १३ बिहिबार, काठमाण्डाै। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा बङ्गलादेशले नेपाललाई ४–१ ले पराजित गर्दै विजयी भएकाे छ । सातदोबाटो स्थित एन्फा मैदानमा बुधबार भएको साफ यु–२० को फाइनलमा नेपाललाई हराउँदै बङ्गलादेशले उपाधि जितेको हो ।

बङ्गलादेशले उमेर समूहको प्रतियोगितामा पहिलो पटक उपाधि जितेकाे हो । नेपालले सन् २०१५ र २०१७ मा उपाधि जितेको थियाे भने तेस्रोपटक उपाधि जित्न चुकेको छ ।
बङ्गलादेशकाे तर्फबाट खेलमा मिराजुल इस्लामले दुई तथा रब्बी हुसेन र अहमेद नोभनाले समान एक गोल गरेकाे थियाे । नेपालकाे लागि समीर तामाङले एक गोल गरेका थिए ।

नेपालले समूह चरणमा बङ्गलादेशलाई २–१ ले हराएको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का र माल्दिभ्सको सहभागिता रहेकाे थियो ।

Leave a comment