राष्ट्रपतिद्वारा टिआरसी विधेयक प्रमाणीकरण

भाद्र १३ बिहिबार, काठमाण्डाै। राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

सो विधेयक सङ्घीय संसद्काे दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको थियाे।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.