नेप्से परिसूचक ३६.८३ अङ्कले घट्याे

भाद्र १३ बिहिबार, काठमाण्डाै। शेयर कारोबार मापक नेप्से परिसूचक आज ३६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.८३ अङ्कले ओरालो लागेर २७४९.५७ मा ओर्लेको हाे ।

कूल १३ उपसमूह कारोबार भएकाेमा आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएकाे छ भने एक उपसमूहको मात्रै शेयर मूल्यमा बृद्धि भएको छ । कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर रु १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै रसुवागढी हाइड्रोपावर ९.९९, मिड सोलु हाइड्रोपावर ८.४८, मितेरी डेभलपमेन्ट बैङ्क ७.८९ र पिपल्स हाइड्रोपावर ७.६२ प्रतिशतले वृद्धि भएकाे छ।

यस्तै थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर ५.०८, तारागाउँ रिजेन्सी होटल ४.९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाएका छन् ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.