दुग्ध र उखु किसानलाइ दशै अघि भुक्तानी दिइने-मन्त्री अधिकारी

भाद्र ९ आइतबार, काठमाण्डाै। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध र उखु किसानलाइ दशैँअघि नै भुक्तानी दिइने बताउनु भयाे । मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले दुग्ध र उखु कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेकाे जानकारी दिनुभयाे ।

उहाँले बजारको अभावमा किसानलाइ परेकाे समस्या अन्त्य गरिने पनि प्रतिबद्धता जनाउनुभयो । अब सरकारले स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताउनुभयाे ।

उहाँले व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने र वडास्तरमा कृषिका नमूना फार्म निर्माण गरेर त्यसलाई सिकाइ केन्द्रका रुपमा स्थापित गरिने बताउनुभयाे । साथै दुग्ध विकास संस्थानको पुनः संरचना गर्न , उखु किसानलाई भुक्तानी गर्न र बीमा प्रिमियमका लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको पनि जानकारी दिनुभयाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.