भाद्र ६ बिहिबार, काठमाण्डाै। राष्ट्रियसभाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकाे छ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको हाे ।
बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले १२ बुँदे विस्तृत शान्ति सम्झौता हुँदै गणतन्त्र घोषणा र नयाँ संविधान जारी गरेर शान्ति प्रक्रियाका बाँकी विषयलाई टुङ्गोमा पुर्याउनु ऐतिहासिक भएको बताउनुभयो । साथै नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले सशस्त्र द्वन्द्वका बेला बेपत्ता तथा घाइते भएका र आम नेपाली जनताको योगदानबाट प्राप्त उपलब्धिलाई कहीँ कतैबाट आक्रमण हुन नदिन अझै राजनीतिक दलहरुबीच विश्वासको वातावरण कायम हुनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरु बामदेव गौतम, महमद खालिद, तुल प्रसाद विश्वकर्मा लगायतले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउन यस विधेयकले भूमिका खेल्ने भन्दै यो ऐतिहासिक भएको बताउनुभयो ।

Leave a comment